दिक्तेल रूपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी « Khabarhub

दिक्तेल रूपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको थियो । 

नगरप्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार आचार्यलाई चार हजार ३९३ तथा राईले एमालेकै विणादेवी राईलाई तीन हजार ११९ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिए ।

भट्टराईले एघार हजार ३८९ र उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ६ हजार ९९६ मत प्राप्त गरे । यस्तै राईले दश हजार ४३८ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी विणादेवीले सात हजार ३१९ मत ल्याए ।

 नगर प्रमुख र उपप्रमुखमा चार राजनीतिक दलबीच चुनावी तालमेल भए पनि अधिकांश वडामा भने एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो ।  

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ०६ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित