ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’लाई नै हानी गर्ने यलेनको दावी « Khabarhub

ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’लाई नै हानी गर्ने यलेनको दावी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोनिङ्स्विन्टर– तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हित अनुकुल नभएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी ‘ट्रिजरी सेक्रेटरी’ले जेनेट यलेनले बुधबार भने, “ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हितमा नरहेकोले बाइडेन प्रशासनले ती अतिरिक्त करलाई हटाउने सोच बनाएको छ ।”

जर्मनीमा जी–७ राष्ट्रको वित्त मन्त्रीहरूको बैठक अगाडि उनले भने, “ती शुल्कहरूमध्ये केही उपभोक्ता र व्यवसायहरूमा बढी हानि गरेजस्तो देखिन्छ । चीनसँग भएका वास्तविक मुद्दाहरू समाधान गर्ने अर्थमा ती निर्णय धेरै रणनीतिक छैनन्, चाहे यो आपूर्ति श्रृङ्खला जोखिम, राष्ट्रिय सुरक्षा मुद्दा वा अन्य अनुचित व्यापारिक अभ्यासहरूसँग सम्बन्धित होउन् ।”

यो भनाइले अमेरिकी बाइडेन प्रशासन चीनसँगको व्यापार विवादमा केही लचिलो हुने सङ्केत गरेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ०१ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख