ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’लाई नै हानी गर्ने यलेनको दावी « Khabarhub

ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’लाई नै हानी गर्ने यलेनको दावी


४ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोनिङ्स्विन्टर– तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हित अनुकुल नभएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकी ‘ट्रिजरी सेक्रेटरी’ले जेनेट यलेनले बुधबार भने, “ट्रम्पको कार्यकालमा चीनमाथि लगाइएका केही करले ‘उपभोक्ता र व्यवसायी’को हितमा नरहेकोले बाइडेन प्रशासनले ती अतिरिक्त करलाई हटाउने सोच बनाएको छ ।”

जर्मनीमा जी–७ राष्ट्रको वित्त मन्त्रीहरूको बैठक अगाडि उनले भने, “ती शुल्कहरूमध्ये केही उपभोक्ता र व्यवसायहरूमा बढी हानि गरेजस्तो देखिन्छ । चीनसँग भएका वास्तविक मुद्दाहरू समाधान गर्ने अर्थमा ती निर्णय धेरै रणनीतिक छैनन्, चाहे यो आपूर्ति श्रृङ्खला जोखिम, राष्ट्रिय सुरक्षा मुद्दा वा अन्य अनुचित व्यापारिक अभ्यासहरूसँग सम्बन्धित होउन् ।”

यो भनाइले अमेरिकी बाइडेन प्रशासन चीनसँगको व्यापार विवादमा केही लचिलो हुने सङ्केत गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : ०१ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स