साउदीमा अलपत्र तीन नेपालीको उद्धार « Khabarhub

साउदीमा अलपत्र तीन नेपालीको उद्धार


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा साउदीमा अलपत्र तीन नेपाली युवाको उद्धार गरिएको छ ।

कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका चितवनका नवीन मगर, ललितपुरका सुदिप कार्की र अन्य एक जनालाई आरसिसी अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको पहलमा नेपाल फर्काइएको हो ।

पिडितहरुलाई दूतावास रियाद हुँदै आरसिसी अल कासिम संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि विशाल श्रेष्ठको सम्पर्कमा आएका थिए। उनकै विशेष पहलमा नेपाल फर्कन सफल भएको एनआरएनए साउदीले जनाएको छ ।

पीडितहरू तीनै जनाको एक्जिट भिसाका लागि दूतावादले रियादबाट अन्य डकुमेन्ट लिएर अल कासिममा जुन ७ तारिखका दिन सम्पर्कमा आएका थिए । उक्त दिन नै निर्वासन केन्द्रमा राति १२ बजेदेखि लाइनमा बस्दा पनि भित्र छिर्न नदिएपछि दूतावासका प्रतिनिधि श्रेष्ठले केन्द्रका क्याप्टेनसँग अनुरोध गरेर एक्जिट भिसाका लागि आवश्यक पर्ने डकुमेन्ट बुझाइएको थियो ।

डकुमेन्ट बुझाएपछि लगातार फलो गरेर गत आइतबार एक्जिट भिसा लागेको थियो र पीडितहरू तीनै जना आजको उडानबाट नेपाल फर्किएको एनआरएनएले जनाएको छ ।

विगत ३० महिनादेखि कम्पनी छाडेर भागेका खोटाङका लक्ष्मीकुमार बुढाथोकी र सिरहाका मुन्ना नाथलाई पनि आरसिसी अल-कासिमको समन्वय र दूतावासको पहलमा स्वदेश फर्काइएको एनआरएनए साउदीका सचिव ध्रुव कटुवालले जानकारी दिए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ६ : ४७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ