नेपाली फिल्ममा द्वन्द्वका कथा | Khabarhub Khabarhub

नेपाली फिल्ममा द्वन्द्वका कथा



२०५२ साल फागुन १ मा माओवादीले सामन्तवाद, पुँजीवादविरुद्ध सशस्त्र जनयुद्धको उद्घोष गर्यो। यो नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र आन्दोलन थियो। जसको लक्ष्य नयाँ जनवादी राज्यसत्ताको स्थापना थियो। तर, आज जनयुद्धका लक्ष्य पूरा नहुँदै माओवादी आन्दोलनको ठूलो हिस्सा संसदवाद र गोलचक्करवादमा पुगेर बिसर्जनको संघारमा छ। अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध सुरु गरेको नेकपा (माओवादी) १० वर्ष जनयुद्ध र त्यसपछिको शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्थासम्म आइपुगेको छ।

युद्धकालीन समयमा विभिन्न राजनीतिक उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय कठोर संर्घष बेहोर्दै नेपालको माओवादी आन्दोलनलाई राष्ट्रिय रुपमा विस्तार गर्दै लगेको माओवादी ०५६/५७ सम्म आइपुग्दा एउटा वैकल्पिक शक्तिको रुपमा स्थापित भइसकेको थियो। जब माओवादीले रोल्पा, रुकुम लगाएतका केही जिल्लामा आफ्नो आधार क्षेत्र बढाउदै लग्यो र देशभर जनयुद्धको प्रभाव बढाउदै देशका विभिन्न जिल्लामा रहेका प्रहरी चौकी र सरकारी संयन्त्रमा धावा बोल्दै लगेपछि तात्कालीन सरकार माओवादीलाई वार्तामा बोलाउने योजनामा पुग्यो।

माओवादी विद्रोहलाई वार्ताको माध्यमबाट समाधान गर्ने भन्दै ०५८ मा सरकार र माओवादीबीच पहिलो चरणको वार्ताका लागि वातावरण तय गरियो। पहिलो चरणको वार्ताको अभ्यास सफल हुन सकेन दोस्रो पटक पुनः वार्ताका लागि सरकार र विद्रोही पक्षबीच सहमति भयो। तर, दोस्रो चरणको वार्तामा समेतकुनै सहमति हुन सकेन। जब पूर्वराजा ज्ञानेन्द्र शाहले १९ माघको शाही कदम चाले तब नयाँ राजनीतिक घटनाक्रम र परिदृश्यको विकास हुँदैगयो।

पूर्वराजा ज्ञानेन्द्रको कदमविरुद्ध तत्कालीन माओवादी र संसदीय शक्ति नजिक भएर ०६२/०६३ सालको बृहत् जनआन्दोलनको वातावरण तयार भयो। ०६४ को ऐतिहासिक संविधानसभामार्फत दश वर्ष जनयुद्ध लडेको माओवादी पार्टी पहिलो राजनीतिक शक्तिको रुपमा उदय भयो। नेपाली जनताले माओवादीलाई पहिलो शक्तिको रुपमा निर्वाचित गराए।

विश्व फिल्म मेकिङ्ग शैलीनै पछिल्लो समय कन्टेन भर्सेस फ्यानटेसी बनिरहेको छ। हलिउडमै पनि मार्भल स्टुडियो र डिसीले बनाउने फिल्म मात्र होइन जोकर पनि बनिरहेका छन्।

जनयुद्धका दश वर्ष र शान्ति प्रक्रिया समयमा रहेता पनि द्वन्द्वले नमेटिने घाउँ दिएका छन्। द्वन्द्वको समयमा माओवादी र राज्यको तर्फबाट भएका घटना र त्यसले पारेको असरलाई पछिल्लो समय पर्दामा देखाइने क्रम बढेको छ। पानीफोटो , प्रकाश, दोख जस्ता फिल्ममा तात्कालीन समयको परिवेश र त्यसले पारेको असरलाई फिल्ममार्फत् देखाउने प्रयास गरिएको छ। नेपाली फिल्ममा बेलाबखतमा द्वन्द्वको परिवेशको घटनाक्रम नआउने होइनन्। यद्दपी पछिल्लो समय यसले गति लिन थालेको छ।

विश्व फिल्म मेकिङ्ग शैलीनै पछिल्लो समय कन्टेन भर्सेस फ्यानटेसी बनिरहेको छ। हलिउडमै पनि मार्भल स्टुडियो र डिसीले बनाउने फिल्म मात्र होइन जोकर पनि बनिरहेका छन्। छिमेकी मुलुक भारतमा पनि न्युटन, आर्टिकल १५ , चक्रब्यूह, अनेक जस्ता फिल्म बनेका छन्। आफ्नो मौलिक कथा वा घटनाक्रमका कारण कुनै परिवार, समाज , व्यक्तिमा परेको प्रभावलाई फिल्मकर्मीले आफ्नो कथावस्तु बनाएका छन्।

यसले अहिलेको पुस्तालाई १० वर्षे द्वन्द्वको समयसँग परिचित गराउनुका साथै त्यो समयमा पिडा भोग्न बाध्य भएकाको कथा समेत देखाउने छ। पछिल्लो समय कमेडी र लभस्टोरी फिल्मको बजार बढेको समयमा केहि मेकर्सले आफ्नै मौलिकता बोकेको द्वन्द्वको समयको कथालाई भन्ने आँट गरेका छन्।

मौलिकपनले नेपाली फिल्ममा स्थान पाउनुलाई दर्शकको आफ्नोपनको टेस्टलाई प्रस्ट्याउछ। किनकी पछिल्लो समय कलाकारले गर्ने अभिनय र उनीहरुले दिने महत्त्वले मेकिङ्गमा नयाँपनसँगै आफ्नै कथा भन्न चाहेको बुझ्न सकिन्छ।

उनीहरुलाई थाहा छ यो कथाले धेरै दर्शक पाउने सम्भावना रेगुलर फिल्म भन्दा कम छ। इद्यपि उनीहरु नेपालीलाई द्वन्द्वको समयको घटनाक्रममार्फत् तात्कालीन समयको परिवेशलाई देखाउन चाहन्छन। यी यस्तै कथा रहेको प्रस्टिने गरेर पानीफोटो, प्रकाश र दोखले प्रचारप्रसारसमेत गरिरहेको छ। मौलिकपनले नेपाली फिल्ममा स्थान पाउनुलाई दर्शकको आफ्नोपनको टेस्टलाई प्रस्ट्याउछ। किनकी पछिल्लो समय कलाकारले गर्ने अभिनय र उनीहरुले दिने महत्त्वले समेत मेकिङ्गमा नयाँपनसँगै आफ्नै कथा भन्न चाहेको बुझ्न सकिन्छ।

द्वन्द्वको पाटोलाई छोड्ने हो भने प्रदर्शनरत चिसो मान्छेकै लागि स्वस्तिमा खड्काले लवजसमेत सिकिन। उनी बाजुराको स्थानीय बन्न गरेको मेहनतले उनमा आएको परिपक्वतालाई बुझाउछ। सानो समय दिएर पनि क्यारेक्टरलाई एडप्ट गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएकी छन्। चकलेटी नायकको छविमा रहेका प्रदीप खड्काले ’प्रकाश’ को लागि गरेको मेहनत पनि कम छैन। उनले आफ्नो छविलाई चकलेटी भन्दा पनि अभिनेताको रुपमा स्थापित गर्न चाहेका छन्। उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट्याउने गतिविधिले पनि त्यो आभाष दिन्छ। उनमा अभिनयलाई लिएर क्यारेक्टरमा आएको परिवर्तनले टाइपकास्ट हुन नचाहेको संकेत गर्छ। किनकी स्वस्तिमा झैँ उनी पनि नाचगानमा मात्र सीमित हुने मनस्थितिमा छैनन्। थियटरका कलाकार मात्र अभिनय देखाउने किसिमको फिल्म गर्छन् भन्ने तथ्यलाई उनले बदलेका छन्।

‘कालोपोथी’ फिल्मले पाएको सफलताले पनि केही फिल्मकर्मीलाई द्वन्द्वको परिवेशमा कथा भन्न उत्साहित गरेको छ। तर, त्यस्ता फिल्मको बजार अझैँ अन्य फिल्मको तुलनामा कमजोर छ।

उनी मात्र नभई पपुलर नायक अनमोल केसीले पनि आफू क्यारेक्टर देखाउन सक्ने फिल्म खोजिरहेका छन्। लभरब्वाइकै रुपमा दिक्दार भएपछि उनले एक्सन फिल्म ‘कृ’ गरेका थिए। त्यसपछि उनले ’धुपौरे’ गर्न खोजेका थिए। यद्यपि त्यो फिल्ममा उनी रहेनन्। यी कुराहरुले अब क्यारेक्टरमा दयाहाङ राई, विपिन कार्की , सौगात मल्ल मात्र नभई चकलेटी ब्वाइहरु पनि सिरियस छन् भन्ने संकेत गर्छ। यसले अब यी पपुलर अनुहार रेगुलर कास्टिङभन्दा बाहिर पुग्न खोजेको संकेत गर्छ।

क्यारेक्टर बेस्ड फिल्मलाई द्वन्द्वकै समयमा सेटअप गर्ने गरिएको छ। आइरहेको फिल्मले केही यस्तै लक्षित गरेका छन्। किनकी फिल्मको पटकथा फरक भएपनि परिवेश द्वन्द्व नै रहने गरेको छ। ‘कालोपोथी’ फिल्मले पाएको सफलताले पनि केही फिल्मकर्मीलाई द्वन्द्वको परिवेशमा कथा भन्न उत्साहित गरेको छ। तर, त्यस्ता फिल्मको बजार अझैँ अन्य फिल्मको तुलनामा कमजोर छ। यस्ता फिल्म जति बन्यो त्यति नै दर्शक बढ्ने अभिनेत्री स्वस्तिमा खड्काको अनुभव छ।

उनी दर्शक विभाजित हुनुनहुने बताउछिन्। उनले अभिनय गरेको ‘चिसो मान्छे’ हलमा प्रदर्शनरत हुँदा उनले यस्ता फिल्मको संख्या बढे मात्र दर्शक र निर्माता बढ्ने विचार व्यक्त गरिन्। ‘हामीले यस्ता फिल्म वर्षमा ४/५ वटा ल्याउन सके दर्शक बढ्ने छन्। दर्शक बढे भने फिल्म बनाउने निर्माता पनि बढ्ने पक्का छ’, उनले भनिन्। स्वस्तिमाले समेत पछिल्लो समय नेपालीपन बोकेको फिल्ममा निर्माताको लगानी भइरहेको बुझेकी छन्। तर, दर्शक बढाउन त्यो पर्याप्त छैन।

‘हामीले अझैँ मेहनत गरेर यस्ता फिल्म ल्याउनुपर्छ। फिल्म बनाउने निर्मातालाई हामी कलाकारले समेत उत्साहित गराउनुका साथै लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ’ स्वस्तिमाले भनिन्। अर्का अभिनेत अर्पण थापा पनि नेपाली फिल्ममा आफ्नै परिवेश र कथाले स्थान पाउनु र त्यसमा लगानी गर्ने निर्माता पाउनुलाई सुखद रुपमा लिन्छन्। ‘विस्तारै फिल्म भने एउटा समय भन्ने माध्यम पनि हो भन्ने बुझ्न थालेका छन्। अहिले हामीले भन्ने कथाले यो समस्यालाई आउँदो कयौँ वर्षसम्म जीवन दिन्छ। फिल्म व्यापार गर्नको लागि बनाइन्छ। तर, आफ्नो कथा पनि भन्नुपर्छ’, अर्पणले भने। हामी आउँदो भदौसम्ममा प्रदर्शनमा आउन तयार द्वन्द्वको परिवेशमा बनेका तीन फिल्मको चर्चा गर्दैछौँ।

दोख
लामो समयको पर्खाइ पश्चात नेपाली फिल्म ‘दोख’ ले प्रदर्शन तय गरेको हो। गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन्। माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको फिल्ममा द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाइएको छ। यो फिल्म निर्माणको सात वर्षपछि प्रदर्शनमा आउन लागेको हो।

फिल्म २०७२ सालदेखि नै निर्माणमा छ। भुइँचालोकै समयतिर बनाउन सुरू गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही समय रोकिएको थियो। कहिले भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धर्किँदै गएको फिल्मले अन्ततः प्रदर्शन तय गरेको हो। झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन्।

फिल्ममा द्वन्द्वको परिवेशमा दुई गाउँ बीचको हार्दिकतालाई प्रस्तुत गरिएको छ। त्यसमा द्वन्द्वको कारण निम्तिने समस्या छन्। फिल्म हेर्न हल पुगेका दर्शकले द्वन्द्वको परिवेशलाई महसुस गर्न सक्छन्

यसको कालखण्ड भने माओवादी द्वन्द्वताकै हो। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्। अर्थात् फुटबल खेलमा जसले जित्छ, वनमाथि उनकै हुन्छ। तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन।

यो फिल्ममा द्वन्द्वको परिवेशमा दुई गाउँ बीचको हार्दिकतालाई प्रस्तुत गरिएको छ। त्यसमा द्वन्द्वको कारण निम्तिने समस्या छन्। फिल्म हेर्न हल पुगेका दर्शकले द्वन्द्वको परिवेशलाई महसुस गर्न सक्छन्। त्यो समयमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो निर्देशक बरालले द्वन्द्वको परिवेशलाई समेत देखाउन खोजेका छन्।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन्। फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ। केही समय अगाडि फिल्ममा समावेश ओएसटी सार्वजनिक गरिएको थियो। जसमा श्रवण मुकारुङको शब्द, झुमा लिम्बूको स्वर र पुष्पा संगमको संगीत रहेको छ। यसमा आभास र पुष्प संगमको संगीत समावेश छ।

पानीफोटो
फिल्म ‘पानीफोटो’ मा द्वन्द्वको समयमा बेपत्ता भएको छोरा खोजिरहेका बुवाआमाको कथा देखाइएको छ। अनुप बराल र मेनुका प्रधान आफ्नो बेपत्ता छोराको खोजीमा भौतारिएको सार्वजनिक प्रचार सामग्रीमा प्रस्ट्याइएको छ। छोराको खोजीमा भौतरिएका बुवाआमाको पीडा फिल्ममा देखाइएको छ। द्वन्द्वले दिएको उपलब्धि के भयो वा भएन ? भन्ने बहस जारी नै छ। फिल्ममा द्वन्द्वको कारण एक परिवारमा परेको असरलाई देखाइएको छ। या भनौ फिल्मले त्यो समयमा एउटा परिवारले भोग्ने पीडालाई पछिसम्मको समयमार्फत् व्यक्त गरेको छ। द्वन्द्वको समय युद्ध गर्ने र सरकार पक्षबाहेक सर्वसाधारणले भोगेको सास्तीलाई फिल्ममा प्रस्तुत गरिएको हो।

यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका अभिनेता खगेन्द्र लामिछानेले यो फिल्म निर्देशन गर्नु आफ्नो सपना रहेको बताएका छन्। ‘फिल्ममा माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माझ लिएर आँउदैछौँ’ उनले भने। उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो।

टलकजंग भर्सेस टुल्केमार्फत् फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बनेका हुन्।

स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

टलकजंग भर्सेस टुल्केमार्फत् फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र फिल्म ‘पानीफोटो’ मार्फत निर्देशक बनेका हुन्। फिल्मको छायांकन काठमाडौसँग बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको छ। खगेन्द्रले नाटकलाई फिल्ममा ल्याउनु आफ्नो सपना रहेको बताए। ‘यसलाई फिल्म बनाएर धेरै दर्शकसम्म यो कथालाई पुर्याउने मेरो सपना नै थियो। मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ’ खगेन्द्रले भने।

दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ। यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन्। ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ। फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन्।

प्रकाश
प्रतीक्षित फिल्म मध्येको एक ‘प्रकाश’ मा पनि द्वन्द्वको परिवेशमा कथा भनिएको छ । यसै फिल्ममार्फत् प्रदीप खड्काले आफ्नो चकलेटी हिरोको ट्याग हटाउने प्रयाश गरेका छन्। उनले आफ्नो स्टारडम भन्दा पनि चरित्रलाई अगाडि ल्याउएका छन्। उनी अन्य फिल्म जस्तो यसमा नाचगान गर्दैनन्। आफ्नो पात्रले जिउने जीवनलाई दर्शकसम्म पुर्याउन प्रयत्नशील छन्। दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ। विकास सुवेदीको लेखन रहेको फिल्मको टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ। जहाँ आमा र छोराको इमोशन प्रस्तुत गरिएको छ।

फिल्ममा अभिनय गरेपछि आफूले कलाकारितालाई हेर्ने शैलीमा फरकपना महसुस गरेको बताएका छन्। आफूलाई स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ।

कर्णालीको परिवेशसँग नजिक रहेर तयार परिएको फिल्मले द्वन्द्वमा एक परिवारले भोग्ने पीडालाई देखाएको छ। शिक्षक बन्न संघर्ष गरिरहेका युवाले आफ्नो बुवासमेत खोजिरहेका छन्। यो फिल्मको लागि प्रदीपले आफ्नो प्रेम रुपलाई त्याग गरेका छन्। उनले हिरोरिजम भन्दा पनि पात्रले तय गर्ने यात्रामा आफूलाई सहमति दिएका छन्। उनले फिल्ममा अभिनय गरेपछि आफूले कलाकारितालाई हेर्ने शैलीमा फरकपना महसुस गरेको बताएका छन्। आफूलाई स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ।

उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको सम्भवत पहिलो पटक हो। किनकी यसअगाडि आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन्। ‘मेहनत र कला प्रतिको इमान्दारीतामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा प्रकाश हो’ प्रदीप भन्छन्, ‘एउटा पात्रमार्फत् सम्पूर्ण कथा नै जीवन्त हुनसक्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावना समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि कार्यशालामा कयौं दिन बिताएको छु।’

व्यवस्था परिवर्तन भए पनि अझै विभिन्न तह र सेक्टरमा अवस्था परिवर्तन भएको छैन। मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ।

‘फिल्मको सार्वजनिक सामग्रीले पाएको प्रतिक्रियाले मेहनती भएकोमा कतै दुःख लागेको छैन। उत्साहित छौँ’ प्रदीपले लेखेका छन्। उनले यही सिलसिलामा एउटा कलाकारले पात्र र कलाकारितालाई बुझ्ने चेतना नै फरक भएको उल्लेख छन्। देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए। तर, व्यवहार फेरिन नसकेको विषयलाई फिल्मका माध्यमबाट प्रस्तुत गरिएको छ।

व्यवस्था परिवर्तन भए पनि अझै विभिन्न तह र सेक्टरमा अवस्था परिवर्तन भएको छैन। मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको देखाउन खोजिएको छ। मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि फिल्ममा उठाइएको छ। जुम्लामा छायांकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ। यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ०७ बजे

खुला सीमाका कारण पर्साका युवा लागुऔषधको कुलतमा फस्दै

पर्सा– खुला सीमानाकाका कारण पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको

रुसमा बच्चा जन्माउन नयाँ कानुन, के के छन् व्यवस्था ?

काठमाडौं– रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बाली लगाउने बेला किसानलाई बिउकै चिन्ता

महोत्तरी – जब नयाँ बाली लगाउने बेला भयो, किसानलाई बिको