अफगानिस्तानमा गुरुद्वारा नजिक दुई शक्तिशाली बिस्फोट  « Khabarhub

अफगानिस्तानमा गुरुद्वारा नजिक दुई शक्तिशाली बिस्फोट 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट  भएका छन् । बिस्फोट गुरुद्वारा नजिकै भएको थियो ।

काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसङ्ख्या भएको र धेरै मानिसको मृत्यु हुने आशङ्का गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरूमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्युजले ट्विट गरेको छ ।

गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन् । दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरूका हक अधिकार कटौती भएका छन् । अधिकार कटौती भएको भन्दै महिलाहरूले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ३७ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई