नरहरिनाथमा बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन « Khabarhub

नरहरिनाथमा बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिका-८ र ९ मा बाढीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।

गत जेठ २५ र २६ गते परेको अविरल वर्षापछिको बाढीले चल अचल सम्पति, अन्नबाली र पशु चौपयामा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गरिएको हो ।

खुलालु प्रहरी चौकीका वरिष्ठ हवल्दारलगायत सुरक्षाकर्मीको टोली र जनप्रतिनिधिले स्थानीय पीडितको समन्वयमा प्रत्यक्ष अवलोकन गरी विवरण सङ्कलन गरेको वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

‘मानवीय क्षति केही नभए पनि भौतिकरुपमा र पशु चौपायाको ठूलो क्षति भएको छ’, उनले भने, ‘२५ र २६ गते परेको अविरल वर्षासँगै आएको बाढीले हालसम्म १५ वटा घर उच्च जोखिममा पुर्‍याउनाका साथै दुई पक्की पुल, छ वटा बाख्रा र एक भैँसी बगाएको छ ।’

प्रत्येक बस्तीमा खोला फर्किएर आइ बस्तीलाई जोखिममा पुर्‍याएको, गाउँको पुरै मकैबाली बालुवामा परिणत भएको र खेतको धानको बीउ पनि पुरेको उनले जानकारी दिए । क्षतिको सम्पूर्ण विवरण सङ्कलन गरी विपद् न्यूनीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको वडा नं ८का वडाध्यक्ष प्रदीप बोहोराले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : १० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको