पहिरोले मनाङ जाने बेँसीसहर–चामे सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले मनाङ जाने बेँसीसहर–चामे सडक अवरुद्ध


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मनाङ जाने एकमात्रै बेँसीसहर–चामे सडक पहिरोका कारण  अवरुद्ध भएको छ।  अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार  बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक अवरुद्ध बनाएको छ ।

डुम्रे– बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङले एक्स्काभेटर सहयोगले सडक खुलाउने प्रयास गरेको आयोजनाका प्रमुख अच्युतबिलास पन्तले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : २९ बजे

एनपीएल : सुदूरपश्चिम र कर्णाली भिडन्त (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा

नेपाल हाइड्रोको ८ प्रतिशत बोनस घोषणा

काठमाडौं– नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को

नेपाल एसबीआई बैंकले १० प्रतिशत बोनस दिने

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती, दीपेन्द्रले लिए दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई

दाङमा गाडी दुर्घटना, दुईजनाको मृत्यु

दाङ– दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ