आफ्नो बायोपिकमा कसलाई हेर्न चाहन्छन् ज्याकी ?  « Khabarhub

आफ्नो बायोपिकमा कसलाई हेर्न चाहन्छन् ज्याकी ? 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता ज्याकी श्राफको पहिचान बलिउडमा एक्सन र रोमान्टिक हिरोका रुपमा बनेको थियो । उनले बिना कुनै गडफादर फिल्म उद्योगमा आफ्नो स्थान बनाए र उनको गिन्ती बलिउडका दिग्गज अभिनेतामा हुन्छ । ज्याकीको जीवनलाई हेर्ने हो भने उनको जीवन एक बायोपिक कथाजस्तै छ ।

उनले हालै आफ्नो बायोपिकको विषयमा कुरा गरेका छन् । एक अन्तरवार्तामा उनले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताए । ‘यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडुनै हुनेछ । तर मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्’, उनले भनेका छन् ।उनलाई आफ्नो बायोपिकमा कुन अभिनेता हेर्न चाहनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले छोरा टाइगर श्राफको नाम लिएका छन् ।

टाइगर आफूजस्तै देखिने विश्वास ज्याकीमा छ । ज्याकी आफ्नो फिल्म ‘हिरो’ को रिमेक बनोस् भन्ने चाहन्छन् । यो रिमेकमा पनि ज्याकी छोरा टाइगरलाई नै हेर्न चाहन्छन् । सन् १९८२ मा फिल्म ‘स्वामी दादा’ बाट बलिउडमा करियर सुरु गरेका उनले कयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । उनले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसकेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : २१ बजे

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन