भारतमा पनि ‘सिनेम्याटिक युनिभर्स’ बन्दै  « Khabarhub

भारतमा पनि ‘सिनेम्याटिक युनिभर्स’ बन्दै 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाकाे फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याइसकेका छन् ।

रोहितले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने  ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका थियो । यसैलाई मध्यनजर गर्दै बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाई क्यारेक्टरलाई लिएर ‘स्पाई युनिभर्स’ क्रिएट गर्ने गरिरहेको छ । टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । ‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् ।

एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई २५ जनवरी २०२३ मा हेर्न पाइने छ । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनाशसिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले  ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् । ‘स्पाई युनिभर्स’ मा यसअघि नै यशराज फिल्म्समार्फत स्पाई क्यारेक्टरमा दर्शकले रुचाइसकेका अनुहारहरू हुनेछन् । सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् भने ‘टाइगर’ को आउँदो सिरिजमा शाहरूखले पनि केमियो गरेका छन् । 

यद्यपि ‘स्पाई युनिभर्स’ का अर्का सदस्य ऋतिक रोशन (कबिर-वार) अझै भित्रिएको खबर छैन । उनी ‘वार’ को सिक्वेल पश्चात ‘स्पाइ युनिभर्स’ को सदस्य बन्ने चर्चा छ ।  बलिउड मात्र होइन, साउथ इन्डियन फिल्ममा समेत यस्तो देखिएको छ । केजीएफ निर्देशन गरेर चर्चामा आएका निर्देशक प्रशान्त नीलले यशसँगै सलार मार्फत प्रभासलाईसँगै ल्याउँदै छन् । केजीएफको तेस्रो च्याप्टरओ सुरुवात प्रभास अभिनीत सलारबाट हुनेछ । यसरी प्रशान्तले आफ्नो निर्देशनमा भारतकै दुई ठूला स्टार प्रभास र यशलाई एकै फिल्ममा ‘एक्सन कट’ गर्नेछन् ।

 कमल हसन अभिनीत फिल्म ‘विक्रम’ मा पनि निर्देशक लोकेशले आफ्नो पछिल्लो फिल्म ‘कैथी’ को कास्टलाई भित्र्याएका थिए । आफ्नो फिल्मलाई ठुलो बनाउन र दर्शकलाई ‘कनेक्ट’ राख्न पछिल्लो समय निर्देशकहरूले आफ्नै सिनेम्याटिक युनिभर्स क्रिएट गर्न थालिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ३३ बजे

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट