भारतमा पनि 'सिनेम्याटिक युनिभर्स' बन्दै  | Khabarhub Khabarhub

भारतमा पनि ‘सिनेम्याटिक युनिभर्स’ बन्दै 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाकाे फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम, सिम्बासूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याइसकेका छन् ।

रोहितले सिम्बामा सिंघमसूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने  ‘सूर्यवंशी’ मा सिंघमसिम्बाको राम्रै भूमिका थियो । यसैलाई मध्यनजर गर्दै बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाई क्यारेक्टरलाई लिएर ‘स्पाई युनिभर्स’ क्रिएट गर्ने गरिरहेको छ । टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । ‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् ।

एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई २५ जनवरी २०२३ मा हेर्न पाइने छ । फिल्ममा सलमान खान पनि देखिनेछन् । उनी फिल्ममा टाइगर अर्थात् अविनाशसिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले  ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् । ‘स्पाई युनिभर्स’ मा यसअघि नै यशराज फिल्म्समार्फत स्पाई क्यारेक्टरमा दर्शकले रुचाइसकेका अनुहारहरू हुनेछन् । सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् भने ‘टाइगर’ को आउँदो सिरिजमा शाहरूखले पनि केमियो गरेका छन् । 

यद्यपि ‘स्पाई युनिभर्स’ का अर्का सदस्य ऋतिक रोशन (कबिर-वार) अझै भित्रिएको खबर छैन । उनी ‘वार’ को सिक्वेल पश्चात ‘स्पाइ युनिभर्स’ को सदस्य बन्ने चर्चा छ ।  बलिउड मात्र होइन, साउथ इन्डियन फिल्ममा समेत यस्तो देखिएको छ । केजीएफ निर्देशन गरेर चर्चामा आएका निर्देशक प्रशान्त नीलले यशसँगै सलार मार्फत प्रभासलाईसँगै ल्याउँदै छन् । केजीएफको तेस्रो च्याप्टरओ सुरुवात प्रभास अभिनीत सलारबाट हुनेछ । यसरी प्रशान्तले आफ्नो निर्देशनमा भारतकै दुई ठूला स्टार प्रभास र यशलाई एकै फिल्ममा ‘एक्सन कट’ गर्नेछन् ।

 कमल हसन अभिनीत फिल्म ‘विक्रम’ मा पनि निर्देशक लोकेशले आफ्नो पछिल्लो फिल्म ‘कैथी’ को कास्टलाई भित्र्याएका थिए । आफ्नो फिल्मलाई ठुलो बनाउन र दर्शकलाई ‘कनेक्ट’ राख्न पछिल्लो समय निर्देशकहरूले आफ्नै सिनेम्याटिक युनिभर्स क्रिएट गर्न थालिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ३३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य