सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी « Khabarhub

सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झन्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत रु एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको हो ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई रु तीन करोड तीन लाख ६६ हजार ३९३ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई रु एक अर्ब १९ करोड १३ लाख १८ हजार ५७० भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ ।विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो ।

रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, शुन्ना दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८दशमलव ३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा आठ दशमलव ३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् ।

कोषमा हालसम्म रु १८ अर्ब ८३ करोड योगदान रकम सङ्कलन भएको छ । जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १ : ३९ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८