लयमा फर्किएलान् त आर्यन ?  « Khabarhub

लयमा फर्किएलान् त आर्यन ? 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो । उनले फिल्म  ‘किस्मत’ मार्फत यसक्षेत्रमा डेब्यु गरे । डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो । जसमार्फत उनले सफलता पनि हासिल गरे । त्यसपछि उनले अधिकांश फिल्ममा लभरब्वाइकै क्यारेक्टरमा आफूलाई प्रस्तुत गरे । किनकी त्यो डिमाण्ड दर्शकसँगै निर्माता तथा निर्देशकको पनि थियो । उनी लभरब्वाईकै रुपमा प्रस्तुत भइरहे । दर्शकले उनलाई साथ दिइरहे । डेब्युभन्दा अगाडि धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन्, फिल्मनगरीमा । किनकि उनको सफलता र असफलता श्रेय उनी आफैँलाई जान्छ । यसलाई उनी पनि स्वीकार्छन् पनि।

एक अन्तर्वार्ताको क्रममा आर्यनले आफ्नो साथीभाईलाई विश्वास गर्ने बानीले पनि केही प्रभाव पारेको स्वीकारे । ‘म अरुको कुरा कमै सुन्छु, साथीभाइलाई बढी विश्वास गर्छु’ आर्यनले भने, ‘म भावनामा डुब्छु, यसैले गर्दा पनि हुनसक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर ।’ उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिँदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाई दिन्छन् । आर्यनले केही फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए, तर सफल भएनन् । नाइके, अलबिदा लगायतका फिल्ममा उनी फेरिन चाहेका थिए । ‘टाइप कास्ट’ लाई तोड्दै निस्किन पनि खोजे । यद्यपि दर्शकले लभरब्वाईमै हेर्न चाहे ।

उनको अभिनयसँगै लेखन र निर्माणसमेत रहेको फिल्म ‘कायरा’ ले ठीकठाक व्यापार गर्‍यो । त्यसो त उनले ‘कायरा’ अगाडिको फिल्म  ‘रुद्रप्रिया’ पनि आफूलाई सिम्पल ब्वाइको रूपमा प्रस्तुत गरेका थिए । तर, त्यसको जति चर्चा भयो, आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए । त्यसपछि उनले हजार जुनीसम्म , च च हुइ लगायतका फिल्ममा काम गरे । यद्यपि त्यसले सफलता दिलाउन सकेन । कुनै समय ‘अर्जुन रेड्डी’ लाई नेपालमा रिमेक गर्न पनि उनले मेहनत गरेका थिए । त्यतिबेला भारतमा ‘कबीर सिंह’ बनिसकेको थिएन । यद्यपि नेपाली निर्माताहरूलाई स्क्रिप्टको सम्झ नभएपछि त्यो फिल्म बन्न सकेन । 

त्यसपछि आर्यनले त्यो स्क्रिप्ट छाडे । यिनै आर्यन अभिनीत डिसेम्बर फल्स, म राजेश हमाल लगायतका प्रदर्शनको पर्खाइमा छन् । उनी आफूलाई फरक फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछन् । तर, यी फिल्म कहिले हलमा आउने टुंगो छैन । केही समय यता उनले दिनेश राउतको फिल्ममा अभिनय गर्न लागेको चर्चा पनि चलिरहेको छ । यद्यपि त्यसले पनि मूर्तरूप पाउन सकेको छैन । आर्यनको लागि यो समयमा भरपर्दो निर्देशक दिनेश नै हुन् । तर, पनि यी दुईको सहकार्य जुट्न सकेको छैन । दिनेशलाई आइएम सरी, नोभेम्बर रेन, क्लासिक जस्ता फिल्मसम्म ल्याउने श्रेय आर्यनलाई नै जान्छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : १८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन