तस्वीर- आईएनएस

अन्तर्राष्ट्रिय

अल्पसंख्यकहरुको संरक्षण गर्न कश्मीरी मुसलमान नेताको आग्रह

By खबरहब

June 18, 2022

काठमाडौँ– भारत प्रशासित कश्मीरका मुसलमान धार्मिक नेताले अल्पसंख्यकहरुको संरक्षण गर्न आह्वान गरेका छन् ।

भारत प्रशासित कश्मीरको अनन्तनाग क्षेत्रका मुसलमान नेता मौलाना फयाज अमजदीले अल्पसंख्यकहरुमाथि दमन गर्नका लागि जिहादको साहारा लिन नहुने समेत बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अनन्तनागको जामिया मस्जिदमा प्रवचन दिँदै मौलाना फयाज अमजदीले अल्पसंख्यकहरुको रक्षा हुने भए आफूहरु जग्गा दान गर्न समेत तयार रहेको जनाएका छन् ।

उनले अल्पसंख्यकमाथि दमन गर्दैमा जिहाद नहुने भन्दै उनले आफूहरुले यस्ता गतिविधिको निन्दा गर्ने बताए ।