भारतमा ५ देखि ६ वर्षभित्र हाइपरसोनिक क्षेप्यास्त्र बनाइसक्ने ब्रह्मोसको घोषणा | Khabarhub Khabarhub

भारतमा ५ देखि ६ वर्षभित्र हाइपरसोनिक क्षेप्यास्त्र बनाइसक्ने ब्रह्मोसको घोषणा


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले भारतमा आगामी ५ देखि ६ वर्षभित्रमा होइपरसोनिक क्षेप्यास्त्र उपलब्ध हुने दाबी गरेको छ ।

रुस र भारत मिलेर स्थापना गरेको ब्रह्मोस कम्पनीले आफूहरु हाइपरसोनिक क्षेप्यस्त्र निर्माण गर्न सक्षम रहेको बताउँदै ५ वा ६ वर्षभित्रमा भारतले यो हतियार पाइसक्ने जानकारी दिएको हो ।

‘ब्रह्मोस एरोस्पेस हाइपरसोनिक हतियार बनाउन सक्षम छ । ५ देखि ६ वर्षभित्रमा हामीसँग ब्रह्मोसको पहिलो हाइपरसोनिक हतियार हुनेछ ।’ ब्रह्मोस कम्पनीका प्रमुख कार्यकारी एवम् प्रबन्ध निर्देशक अतुल रानेलाई उद्धृत गर्दै भारतीय समचार संस्था एएनआईले जनाएको छ ।

भारतीय सैन्यबलका तीनै एकाइहरुमा सुपरसोनिक हतियार तैनथ रहेको बताइएको छ । भारतीय नौसेनामा सन् २००५ बाट, भारतीय स्थल सेनामा सन् २००७ बाट, र भारतीय वायुसेनामा सन् २०२० बाट सुपरसोनिक क्षेप्यास्त्र तैनाथ गरिएको एएनआइले जनाएको छ ।

सुपरसोनिक क्षेप्यास्त्रको गति २१ सय देखि २३ सय माइल प्रतिघण्टा हुने जनाइएको छ । हाइपरसोनिक क्षेप्यास्त्रको गति योभन्दा ५ गुणासम्म तेज हुने गर्छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ३२ बजे

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा

काठमाडौ‌– संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शर्मा नियुक्त 

काठमाडौं– वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ