ब्रेकिङ स्टोरी

भारतबाट भन्सार छलेर ल्याइएको मल धादिङमा किसानले लुटे

By खबरहब

June 18, 2022

काठमाडौँ- भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन्।

शनिबार धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ को धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् ।

भारतबाट भन्सार छली गरेर ल्याइएको र राजस्व विभागले कब्जामा लिएर काठमाडौं लैजान लागेको भन्दै किसानले कब्जामा लिएका थिए।

दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूले किसानलाई मलको सूचना लिक गराएका थिए। लगत्तै करिब ५०० जति किसान जम्मा भएर राजस्व विभागका कर्मचारीकै सामुन्ने मल लिएर हिँडेका हुन्।

राजस्व अनुसन्धान विभागका एक कर्मचारीका अनुसार विभागले छापा मार्ने सूचना पाएपछि व्यापारीहरुले स्थानीय किसानलाई खबर गरेका थिए। त्यसपछि करिब ५ सय स्थानीयले पृथ्वी राजमार्गको बीच सडकमै मलको ट्रक नै कब्जामा लिएर खोसेका हुन्।