बेसीशहर नगरपालिकाद्वारा वडालाई सिधै ७ करोड २५ लाख बजेट « Khabarhub

बेसीशहर नगरपालिकाद्वारा वडालाई सिधै ७ करोड २५ लाख बजेट


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि वडालाई सिधै ७ करोड २५ लाख बजेट दिएको छ । नगरपालिकाले वडास्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडालाई यतिका बजेटको सीमा निर्धारण गरेको हो ।

वडागत रूपमा सबैभन्दा बढी बजेट वडा नम्बर १० र ११ लाई छुट्टाइएको छ । वडा नम्बर १० र ११ वडालाई ७३ लाख १७ हजार बजेटको सीमा तोकिएको छ । त्यसैगरी वडा नम्बर ७ लाई ६७ लाख २९ हजार, वडा नम्बर ८ मा ६७ लाख २२ हजार, वडा नम्बर २ लाई ६६ लाख ३५ हजार, वडा नम्बर ३ लाई ६४ लाख ७० हजार, वडा नम्बर ५ लाई ६४ लाख ३७ हजार, वडा नम्बर ६ लाई ६३ लाख ५७ हजार, वडा नम्बर १ लाई ६३ लाख २५ हजार, वडा नम्बर ४ लाई ६१ लाख ६४ हजार र वडा नम्बर ९ लाई ६० लाख २७ हजार बजेटको सीमा निर्धारण गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाले वडास्तरीय तथा नगरस्तरीय योजना निर्माण गर्दा सम्पन्न हुन अधुरा योजनालाई प्राथमिकता दिने र योजना तथा कार्यक्रम प्राथमिकीकरण तथा छनौट गर्दा दलित समुदाय लाभान्वित हुने योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिनुपर्ने निर्णय नगरपालिकाले गरेको छ ।  त्यसैगरी आर्थिक, सामाजिक विकास, भौतिक, वातावरण तथा विपद् व्यवस्थापन  र संस्थागत विकासका क्षेत्रलाई समेटी योजना छनौट गर्ने र वडा सञ्चालनका लागि ३ लाख भन्दाबढी बजेट नराख्ने लगायतका बैठकले निर्णय गरेको छ ।

बैठकले वडागत योजना छनौट तथा प्रथामिकीकरण गर्दा वडास्तरीय, नगरस्तरीय तथा संघ र प्रदेशमा सिफारिस गर्ने खालका अलग अलग योजना ल्याउनुपर्ने निर्णय गरेको  छ ।  बेसीशहर नगरपालिकाको नगरसभा यही असार १० गते हुने भएको छ भने आर्थिक वर्ष २०७९ /०८० का लागि कूल आय अनुमान ७४ करोड ८३ लाख ६९ हजार रहेको छ  ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : २० बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब