बेसीशहर नगरपालिकाद्वारा वडालाई सिधै ७ करोड २५ लाख बजेट « Khabarhub

बेसीशहर नगरपालिकाद्वारा वडालाई सिधै ७ करोड २५ लाख बजेट


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि वडालाई सिधै ७ करोड २५ लाख बजेट दिएको छ । नगरपालिकाले वडास्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडालाई यतिका बजेटको सीमा निर्धारण गरेको हो ।

वडागत रूपमा सबैभन्दा बढी बजेट वडा नम्बर १० र ११ लाई छुट्टाइएको छ । वडा नम्बर १० र ११ वडालाई ७३ लाख १७ हजार बजेटको सीमा तोकिएको छ । त्यसैगरी वडा नम्बर ७ लाई ६७ लाख २९ हजार, वडा नम्बर ८ मा ६७ लाख २२ हजार, वडा नम्बर २ लाई ६६ लाख ३५ हजार, वडा नम्बर ३ लाई ६४ लाख ७० हजार, वडा नम्बर ५ लाई ६४ लाख ३७ हजार, वडा नम्बर ६ लाई ६३ लाख ५७ हजार, वडा नम्बर १ लाई ६३ लाख २५ हजार, वडा नम्बर ४ लाई ६१ लाख ६४ हजार र वडा नम्बर ९ लाई ६० लाख २७ हजार बजेटको सीमा निर्धारण गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाले वडास्तरीय तथा नगरस्तरीय योजना निर्माण गर्दा सम्पन्न हुन अधुरा योजनालाई प्राथमिकता दिने र योजना तथा कार्यक्रम प्राथमिकीकरण तथा छनौट गर्दा दलित समुदाय लाभान्वित हुने योजना तथा कार्यक्रमलाई विशेष ध्यान दिनुपर्ने निर्णय नगरपालिकाले गरेको छ ।  त्यसैगरी आर्थिक, सामाजिक विकास, भौतिक, वातावरण तथा विपद् व्यवस्थापन  र संस्थागत विकासका क्षेत्रलाई समेटी योजना छनौट गर्ने र वडा सञ्चालनका लागि ३ लाख भन्दाबढी बजेट नराख्ने लगायतका बैठकले निर्णय गरेको छ ।

बैठकले वडागत योजना छनौट तथा प्रथामिकीकरण गर्दा वडास्तरीय, नगरस्तरीय तथा संघ र प्रदेशमा सिफारिस गर्ने खालका अलग अलग योजना ल्याउनुपर्ने निर्णय गरेको  छ ।  बेसीशहर नगरपालिकाको नगरसभा यही असार १० गते हुने भएको छ भने आर्थिक वर्ष २०७९ /०८० का लागि कूल आय अनुमान ७४ करोड ८३ लाख ६९ हजार रहेको छ  ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : २० बजे

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को