रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलेको ईयू अधिकारीको आरोप « Khabarhub

रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलेको ईयू अधिकारीको आरोप


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत् रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको युरोपेली संघ ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् ।

खाद्य सुरक्षाको खतरा र युक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धका कारण मस्कोमाथि पश्चिमी प्रतिबन्धबारे सोमबार लक्जमबर्गमा युरोपेली संघका विदेश मन्त्रीहरूबीच छलफल हुने तयारी भइरहँदा ईयूका अधिकारीको यो भनाइ आएको हो । ‘सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनमिक फोरम’ लाई शुक्रबार सम्बोधन गर्दै रूसी राष्ट्रपति पुटिनले रूसमाथिको प्रतिबन्धका कारण ईयूले ४०० अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी गरेको दृष्टान्तलाई लिएर बोरेलको यो भनाइ आएको हो ।

‘विश्वव्यापी खाद्य सुरक्षामा कुनै पनि अवाञ्छित प्रभाव रोक्न हामी संयुक्त राष्ट्र संघ र हाम्रा साझेदारहरूसँग काम गर्न तयार छौं’ बोरेलले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेखमा उल्लेख गरेका हुन् ।

‘रूसको सचेत राजनैतिक छनौट भनेको अन्न निर्यातलाई रोक्नु हो र युक्रेनमा आफ्नोे आक्रामणको विरोध गर्ने जोसुकैविरुद्ध विश्वव्यापी खाद्य असुरक्षा (सङ्कट) को नारालाई प्रचार गर्नु हो’ बोरेलले भने ।

उनले भने, ‘रूसले कृष्ण सागरलाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको छ र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको छ, यसले रूसी व्यापारीहरूको ढुवानीमा पनि असर गरेको छ । रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ ।’

यूरोपेली संघले लगाएको प्रतिबन्धले स्वीकृत व्यक्ति वा संस्थाहरू संलग्न नभएमा कुनै पनि कृषि वस्तु निर्यात गर्न, त्यस्ता रूसी निर्यातका लागि भुक्तानी वा बीउको व्यवस्था गर्न रूसलाई निषेध नगर्ने उनको दाबी थियो ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ०९ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक