प्रधानाध्यापकबाट शिक्षिका कुटिइन्, थप उपचारका लागि विराटनगर लगियो « Khabarhub

प्रधानाध्यापकबाट शिक्षिका कुटिइन्, थप उपचारका लागि विराटनगर लगियो


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ ।

आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले आज थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो ।

शिक्षिका कार्कीलाई अस्पतालले सिफारिस गरेलगत्तै सुमो गाडी रिजर्भ गरेर विराटनगरतर्फ हिँडाइएको शिक्षिकाका श्रीमान् कृष्ण कार्कीले बताए । शुक्रबार दिउँसो बसेको विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य विवाद हुँदा प्रअ पौडेलले हानेको लात्ताले पेटमा लागेपछि गम्भीर घाइते बनेकी कार्कीलाई आफन्तले गए राति जिल्ला अस्पताल दिक्तेल ल्याई पुर्‍याएका थिए ।

बैठकमा छलफल हुँदाहुँदै प्रअ पौडेलले आफ्नो पानीपेटमा लात्ताले हान्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिएको शिक्षिका कार्कीले बताइन् । विद्यालयमा पाठ्यपुस्तक खरिदका लागि आएको रु १० हजार ८८५, सीप विकासको रु १५ हजार, मसलन्दको रु १५ हजार, अडिटको रु १० हजार, मर्मत कोषको रु नौ हजार, छात्रबृत्तिको रु चार हजार ८००, इन्टरनेटको रु १२ हजार, इन्टरनेट रिजार्चको रु १२ हजार, दिवाखाजाको रु ३४ हजार ५९६ लगायत रु एक लाख ३२ हजार ९३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन् ।

यसअघि अप्रेशन (शल्यक्रिया) गरेको ठाउँमा चोट लाग्दा शिक्षिका कार्कीको स्वास्थ्यमा समस्या निम्तिएको हुनसक्ने अनुमान गरिएको छ । पाठेघरसम्बन्धी समस्या रहेकी शिक्षिका कार्कीको यसअघि तीनपटक नोबेल अस्पताल विराटनगर लगरे शल्यक्रिया गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

जिल्ला अस्पतालमा गरिएको जाँचका क्रममा शिक्षिका कार्कीको अवस्था सामान्य देखिए पनि कुटपिटको घटना भएकाले थप समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर अन्यत्र सिफारिस गरिएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् ।

घटनाको विषयमा आफूकँहा समेत जानकारी आएको र इलाका प्रहरी कार्यालयलाई सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १० : ४५ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब