भारत सरकारले सेना भर्ती योजनामा थप परिवर्तन गर्ने « Khabarhub

भारत सरकारले सेना भर्ती योजनामा थप परिवर्तन गर्ने


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– सेनाको नयाँ भर्ती योजनामा चलिरहेको हिंसात्मक विरोध प्रदर्शन रोक्ने दोस्रो प्रस्तावमा भारत सरकारले शनिबार नयाँ भर्तीका लागि रक्षा मन्त्रालयद्वारा गरिएको विज्ञापनमा १० प्रतिशत आरक्षणको घोषणा गरेको छ ।

यस योजनाले सुरक्षा बलको सेवा गर्न चार वर्षको अवधिको लागि युवाहरूलाई छानेको छ र त्यसमध्ये २५ प्रतिशतलाई स्थायी रोजगार दिइने छ भने बाँकी ७५ प्रतिशतले चार वर्षपछि सेवाबाट अवकाश पाउने छन् ।

सेनाको योजनाले युवाहरूलाई आन्दोलित बनाएको थियो । चार वर्षपछि आफूहरूलाई काम नलाग्ने बनाउने योजनाको विरोध गर्दै उनीहरूले चार वर्षे सेवा अवधिको सट्टा सेनामा दीर्घकालीन भर्तीको माग गरेका थिए ।

उनीहरुले भर्ती हुनका लागि वान्छनीय उमेर साढे १७ वर्षदेखि २१ बर्ष हुनुपर्ने प्राबधानको पनि विरोध गथरेका छन् ।

उमेर हद नाघेका धेरैले विगत दुई वर्षदेखि कोभिड–१९ महामारीका बेला कुनै पनि नयाँ भर्ती उपलब्ध नहुँदा सेवाका लागि तयारी गरिरहेका यूवाहरूले सेनामा सेवा गर्ने अबसर गुमेको भन्दै आन्दोलित भएपछि सरकारले शुक्रबार एक पटकको आवश्यकतालाई खुकुलो पार्दै भर्तीको पहिलो समूहको लागि उमेर सीमा २१ देखि २३ वर्षसम्म बनाएको छ ।

विरोध प्रदर्शनको दौडान उत्तेजित युवाहरूले थुप्रै रेलहरू जलाउनुका साथैसार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेका थिए । सरकारको सेनामा भर्ना गर्ने नीतिप्रति असहमति जनाउँदै खासगरी भारतको पूर्वी राज्य बिहारमा प्रदर्शनले उग्ररूप लिएपछि सरकारले यो कदम चालेको हो ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ३५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको