भारत सरकारले सेना भर्ती योजनामा थप परिवर्तन गर्ने « Khabarhub

भारत सरकारले सेना भर्ती योजनामा थप परिवर्तन गर्ने


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– सेनाको नयाँ भर्ती योजनामा चलिरहेको हिंसात्मक विरोध प्रदर्शन रोक्ने दोस्रो प्रस्तावमा भारत सरकारले शनिबार नयाँ भर्तीका लागि रक्षा मन्त्रालयद्वारा गरिएको विज्ञापनमा १० प्रतिशत आरक्षणको घोषणा गरेको छ ।

यस योजनाले सुरक्षा बलको सेवा गर्न चार वर्षको अवधिको लागि युवाहरूलाई छानेको छ र त्यसमध्ये २५ प्रतिशतलाई स्थायी रोजगार दिइने छ भने बाँकी ७५ प्रतिशतले चार वर्षपछि सेवाबाट अवकाश पाउने छन् ।

सेनाको योजनाले युवाहरूलाई आन्दोलित बनाएको थियो । चार वर्षपछि आफूहरूलाई काम नलाग्ने बनाउने योजनाको विरोध गर्दै उनीहरूले चार वर्षे सेवा अवधिको सट्टा सेनामा दीर्घकालीन भर्तीको माग गरेका थिए ।

उनीहरुले भर्ती हुनका लागि वान्छनीय उमेर साढे १७ वर्षदेखि २१ बर्ष हुनुपर्ने प्राबधानको पनि विरोध गथरेका छन् ।

उमेर हद नाघेका धेरैले विगत दुई वर्षदेखि कोभिड–१९ महामारीका बेला कुनै पनि नयाँ भर्ती उपलब्ध नहुँदा सेवाका लागि तयारी गरिरहेका यूवाहरूले सेनामा सेवा गर्ने अबसर गुमेको भन्दै आन्दोलित भएपछि सरकारले शुक्रबार एक पटकको आवश्यकतालाई खुकुलो पार्दै भर्तीको पहिलो समूहको लागि उमेर सीमा २१ देखि २३ वर्षसम्म बनाएको छ ।

विरोध प्रदर्शनको दौडान उत्तेजित युवाहरूले थुप्रै रेलहरू जलाउनुका साथैसार्वजनिक सम्पत्तिमाथि आक्रमण गरेका थिए । सरकारको सेनामा भर्ना गर्ने नीतिप्रति असहमति जनाउँदै खासगरी भारतको पूर्वी राज्य बिहारमा प्रदर्शनले उग्ररूप लिएपछि सरकारले यो कदम चालेको हो ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : ३५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००