युक्रेन हमलाको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा | Khabarhub Khabarhub

युक्रेन हमलाको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएको छ ।

रुसी प्रहरीले पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा लिएको हो । उनले मार्चमा एउटा लाइभ टीभी प्रसारणमा युक्रेनमा भएको रुसी हमलाको निन्दा गरेका थिइन् ।

उनको हिरासतबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । युक्रेनमा रुसी हस्तक्षेप र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै क्रेमलिन नजिकै प्लेकार्ड बोकेर एक्लै प्रदर्शन गरेको केही दिनपछि उनी पक्राउ परेकी हुन् ।

‘मरिनालाई हिरासतमा राखिएको छ’ उनका कर्मचारीले टेलिग्राम सन्देशमा भने, ‘उनी कहाँ छिन् भन्ने कुनै जानकारी छैन।’ उनलाई दुई जना प्रहरी अधिकारीले एउटा सेतो भ्यानमा राखेर लगिएका तीन ओटा तस्बीर सार्वजनिक भएका छन् ।

उनी पक्राउ परेको उनका वकिल दिमित्री जाखभातोभले पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : २१ बजे

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला

भोजपुर– मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयका साथै आगामी आर्थिक वर्षको बजेटका