वडाध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपीलाई कारबाहीको माग « Khabarhub

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डिएसपीलाई कारबाहीको माग


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ ।

वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर डिएसपीले अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठुलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारबाही होस्,’ उनले भने।

तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्विमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।

नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । आफू अनुकूल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाणले गणपूरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगित गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगरसभा दुवैमा एमालेको बहुमत छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ०२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म