बेनसँग जेनिफरले कसिन लगनगाँठो « Khabarhub

बेनसँग जेनिफरले कसिन लगनगाँठो


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हलिउड अभिनेत्री जेनिफर लोपेजले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभ साइटमार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी हुन् ।

‘हामीले यो गर्‍यौँ। प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन्।यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।

गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन् ।

जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरूले विवाहको अनुमति पत्र लिएका थिए । जहाँ अन्य चार जोडी पनि अनुमति पत्र लिन पुगेको हो ।

सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा यो जोडीको भेट भएको थियो । त्यसपछि सन् २००३ मा उनीहरू इन्गेज्ड भए । लगत्तै उनीहरूले मिडियाले आफूहरूलाई बढी ध्यान दिएको कारण देखाउँदै उनीहरू अलग्गिने निर्णय गरेका थिए ।

यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन् । उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन् । एफलेकसँग उनको यो चौथो विवाह हो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : २० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका