फिल्म फ्लप भएपछि कलाकारले गरे पैसा फिर्ता « Khabarhub

फिल्म फ्लप भएपछि कलाकारले गरे पैसा फिर्ता


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनु परेको छ ।

फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् । तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि त्यसको भागिदार आफू पनि हुने अनुभव लिँदै पारिश्रमिक पनि फिर्ता दिनपछि पर्दैनन् ।

गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरणले निर्मातालाई आफ्नो आधा पारिश्रमिक फिर्ता गरिदिएका छन् । उनीहरूसँगै फिल्मका निर्माता कोरातला सिवाले पनि आफ्नो ५० प्रतिशत पारिश्रमिक फिर्ता दिएका छन् ।

यो फिल्म निकै धुमधामका साथ रिलिज भएको थियो । बाबुछोरा चिरञ्जीवी र रामचरणको अभिनय रहेकाले पनि फिल्मले सफलता पाउनेमा सबै जना ढुक्क थिए । तर वास्तविकता ठिक विपरीत भइदियो । फिल्मले बक्स अफिसमा टिक्न सकेन ।

जसकारण फिल्मका निर्मातासँगै वितरकले नराम्रो घाटा सहनुपरेको हो । फिल्म हिट हुने आशामा वितरकले महँगो मूल्यमा फिल्म किनेका थिए । उनीहरूले निर्मातासँग फिल्मबाट प्राप्त मुनाफा नबाँड्ने र असफल भएमा त्यसको क्षति आफैँ व्यहोर्ने सहमति गरेका थिए ।

फिल्म असफल भएपछि वितरकहरू निर्माता तथा निर्देशकको शरणमा पुगे । उनीहरूले घाटाको भरपाई हुने आश्वासन दिएपछि निर्देशक कोरातलाले आफ्नो आधा पारिश्रमिक निरञ्जर रेड्डीलाई फिर्ता गरे । यो कुरा चिरञ्जीवी र राम चरणले थाहा पाएपछि उनीहरूले पनि आधा प्रतिशत रकम फिर्ता गरिदिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५८ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज