सिल्भस्टर स्टालोन भन्छन्,’मैले आर्थिक लाभ पाएको छैन’  « Khabarhub

सिल्भस्टर स्टालोन भन्छन्,’मैले आर्थिक लाभ पाएको छैन’ 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सिल्भस्टर स्टालोनले आफू अभिनीत फिल्महरू मार्फत उल्लेख्य लाभ नपाएको गुनासो गरेका छन् । उनले ‘रकी’ फिल्मको सिरिजहरू र त्यसको पात्रलाई लिएर बनाइएका स्पिन अफ मार्फत निर्माता इरविन विन्कलरले एकलौटी फाइदा लिएको र आफूलाई पर्याप्त आर्थिक लाभ नदिएको गुनासो गरेका छन् । उनले यसको खुलासा सामाजिक सञ्जाल मार्फत गरेका हुन् । आफ्नो सामाजिक सञ्जालमा निर्माता इरविनको तस्बिर राख्दै उनले फिल्म मार्फत भइरहेको आम्दानी आफ्नो सन्तानहरूको लागि छोडेर जाने चाहना राखेका छन् ।

‘४७ वर्षसम्म इरविनले रकीको भाग खाए । यो फिल्मबाट भइरहेको आम्दानी म मेरा छोराछोरीका लागि छाडेर जान चाहन्छु । मलाई आस, ९३ वर्षीय निर्मातालाई यसका लागि तयार हुनेछन्,’ सिल्भस्टरले लेखेका छन् । उनले आफ्नो मेहनतले बनेका फिल्महरू मार्फत आफूले आर्थिक लाभ नपाएको गुनासोहरू गरिरहेका छन् ।

सन् १९७६ मा रिलिज भएको फिल्मले १० लाख अमेरिकी डलर लगानी गरेर २ करोड २५ लाख अमेरिकी डलर कमाइ गरेको थियो । यसका बाबजुद आफूले बराबरी सेयर नपाएको सिल्भस्टरले गुनासो गर्दै आएका छन् ।

सन् २०१९मा सिल्भस्टरको मुखबाट यो कुरा सुनेपछि इरविन चकित परेका थिए । उनले ‘रकी’ र ‘क्रिड’बाट सिल्भस्टरले १० लाख अमेरिकी डलर सेयर लगेको र उनी आफैँ निर्माता पनि रहेको बताएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : १७ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले