मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन « Khabarhub

मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन निर्देशन दिएका हुन् ।

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री गहतराजले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्रीले खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेल प्रेमीको इमानदार प्रयासको आवश्यकता रहेको बताए ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरूसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५० बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं