महापुरुष : असोज वा कार्तिक कहिले होला रिलिज? « Khabarhub

महापुरुष : असोज वा कार्तिक कहिले होला रिलिज?


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो भदौ पश्चात नेपाली फिल्म रिलिजको भिडभाड दसैँ र तिहारमा छ। अघिल्लो वर्षहरूमा फेस्टिभलमा रिलिज भएका फिल्महरूले व्यावसायिक रुपमा आफूलाई बलियो सावित गरेपछि निर्माता तथा निर्देशकहरूको आँखा दसैँ र तिहारको डेटमा छ । कोरोना भाइरसको महामारीले नेपाली फिल्मको रिलिज क्यालेन्डरमा गरेको असरलाई बिदा प्रतिको आकर्षणले झनै भताभुंग पारेको छ । आउँदो असोजमा एकै हप्ता दुई/तीन, दुई/तीन फिल्म रिलिज भएका छन् । कात्तिक ४ मा त घोषणा गरेका फिल्मको संख्या ४ छ । 

यही भिडमा फिल्म ‘महापुरुष’ समेत रिलिज हुँदैछ । फिल्मको छायांकन अहिले उपत्यका र आसपासमा धमाधम भइरहेको छ । दसैँ र तिहारको डेटमा रिलिज गर्ने उद्देश्यका साथ फिल्म पानीको वास्ता नगर्दै छायांकनमा गएको थियो । फिल्मको अनलाइन एडिटिङ पनि चलिरहेको छ । यसले गर्दा निर्माण पक्षलाई पोष्ट प्रोडक्सनमा धेरै समय लाग्दैन । साथै, निर्माण टिम चाँडोभन्दा चाँडो फिल्म रिलिज गर्ने मनसायमा छ । फिल्म कार्तिकमा रिलिज हुने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

‘हामीले फिल्मको डेट बारे छिटै औपचारिक रुपमा घोषणा गर्नेछौँ । यद्यपि हामी कार्तिकमा हलमा आउने सम्भावना छ’ उनले भने । रिलिज दसैँ वा कार्तिकमा हुने जिज्ञासामा उनले असोज भन्दा कार्तिकमा आउँन सक्ने संकेत गरे । यद्यपि वितरकहरुसँगको छलफल पश्चात मात्र घोषणा हुने उनले बताए । मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य, नरेश पौड्याल, गौरी मल्ल लगायतको अभिनय रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ०२ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई