विभिन्न दुर्घटनामा परी १४० को मृत्यु « Khabarhub

विभिन्न दुर्घटनामा परी १४० को मृत्यु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरूको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ पुरुष, ३३ महिला, ११ बालक र एक बालिका रहेका छन् । कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा ८१० सवारी साधन परेका छन् । 

सवारी साधनमा मोटरसाइकल ४१० रहेका छन् । जिप कार ११२ ट्रक, ट्याङ्कर १०३ वटा, बस ५७, शारीरिक शक्तिबाट चल्ने ५४ वटा, ट्रयाक्टर २२ दुर्घटना भएका छन् । टेम्पो २०, माइक्रो १६, टिपर आठ र अन्य सात सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार २६५ गम्भीर घाइते भएका छन् भने ७०६ सामान्य घाइते भएका छन् । 

गत आवमा सवारी साधनले किचेर ३४ चौपाया मरेको कार्यालयले जनाएको छ । आव २०७७/०७८ मा जिल्लामा ४३५ दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ को मृत्यु भएको थियो भने २९० गम्भीर घाइते भएका थिए । छ सउ ६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

सवारी दुर्घटना बढी हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताए । मानवीय कारण, सडकको अवस्था, यान्त्रिक कारण र वातावरणीय कारण रहेका छन् । मानवीय कारणअन्तर्गत चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोबाइल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ती रहेको छ । सडकको अवस्थामा घुम्ती मोड, उकालो/ओरालो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड विपरीत सडक, साँघुरो सडक रहेका छन् । 

यान्त्रिक गडबडी, सवारीको अवस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाइट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ । हुस्सु, बाढीपहिरो, वर्षा, आँधीबेहरीका कारणले दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिए । जिल्लामा मुख्य सडकमा भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको भन्दै उहाँले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताए । गत आर्थिक वर्षमा भित्री सडकमा मात्रै २४२ दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गमा १२३, नारायणगढ मुग्लिन सडकखण्डमा ८५, शहरी सडकमा ४९ र पृथ्वी राजमार्गमा ३१ दुर्घटना भएको उनले बताए । 

कार्यालयले गत आवमा ३८ हजार ६२२ सवारी साधनलाई कारबाही गरी तीन करोड ३० लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाइकललाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : २२ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं