कलाकारितामै सीमित निश्चल « Khabarhub

कलाकारितामै सीमित निश्चल


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निश्चल बस्नेत निर्देशकहरूको सेलिब्रेटी मानिन्थे। किनकि उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘लूट’ ले इतिहास नै रच्न सफल भएको थियो । त्यसपछि निर्देशककै रूपमा समेत निश्चलले जस्तो चर्चा कसैले पाएका छैनन् । तर दर्शकले उनलाई सर्वाधिक रुचाएको विधा निर्देशक बाहेक अन्य विधामा सक्रिय भएको पाइरहेका छन् । उनले अभिनय , गायनलाई निरन्तरता दिइरहेका छन् ।

उनले केही समय अगाडीसम्म आइटम डान्समा समेत आफूलाई सक्रिय बनाइरहेका थिए । यद्यपि अहिले त्यो क्रम देखिएको छैन । उनले अभिनय गर्ने भनिएको ‘प्रसाद २’ बाट अलग भइसकेका छन् । त्यसबाहेक उनको अभिनय रहने फिल्मको बारेमा केही जानकारी आएको छैन । उनले अभिनय गरिसकेको फिल्म ‘द सेक्रेट अफ राधा’ को पत्रकार सम्मेलनमा आफू फिल्मबाट अलग हुनुको कारण बारे बताएनन् ।

‘केही ठुलै कारण हो’ उनले त्यसबारे बोल्न चाहेनन् । निश्चलले निर्देशनमा ब्रेक लगाउनुको कारण बारे पनि खासै बताएनन् । यद्यपि उनी छिटै निर्देशनमा आउन सक्ने संकेत गरे । उनले ‘जिन्दाबाद’ नामक फिल्म निर्देशन गर्ने चर्चा चलेको लामो समय भएता पनि त्यसबारे अझैँ औपचारिक रूपमा केही भनिएको छैन । यसै बीच उनले खगेन्द्र लामिछानेसँग एक फिल्ममा सहकार्य गर्दै छन् ।

उनले निर्देशन गरेको दोस्रो फिल्म ‘टल्क जंग भर्सेस टुल्के’ को सिक्वेल बनाउने चर्चा पनि फिल्म उद्योगमा छ । यद्यपि यसबारे उनीहरू जानकारी दिन तयार छैनन् । निर्देशकको रूपमा स्थापित निश्चललाई दर्शकले निर्देशन बाहेकको अन्य विधामा भने देखिरहेका छन् । लूटको सिक्वेलको असफलता पश्चात् उनले निर्देशनमा आफूलाई ल्याउन सकेका छैनन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ३१ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन