जीपको ठक्करबाट गोरखामा युवतीको मृत्यु « Khabarhub

जीपको ठक्करबाट गोरखामा युवतीको मृत्यु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र ३–०३ पा ४८१५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको जीपले ठक्कर दिएको हो ।

मोटरसाइकलको पछाडी सवार मेलिना गम्भीर घाइते भएकी थिइन् । उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए ।

दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन् । जीपका चालक सिरानचोक गाउँपालिका–५, छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ०३ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं