गर्मी बढेसँगै दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा « Khabarhub

गर्मी बढेसँगै दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले बुधबार लोडसेडिङको सामना गरेका छन्।

गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोडसेडिङ सामना गर्न बाध्य भएका हुन्। हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ।

यस क्षेत्र आफ्नो बिजुली उत्पादन गर्न बाँधमा पनि धेरै निर्भर छ। तर, गर्मीले जलाशय सुक्न थालेको छ जसका कारण ऊर्जा अभावलाई बढाएको छ।

प्रान्तको उत्तरपूर्वी ५ दशमलब ४ मिलियन जनसंख्या भएको सहर दाझोयुमा बुधबार मात्र विद्युत आपूर्ति हुने एक स्थानीय पावर कम्पनीलाई उल्लेख गर्दै सांघाईस्थित एक स्थानीय सञ्चार माध्यमले जनाएको छ। उक्त क्षेत्रमा दैनिक तीन घण्टासम्म लोडसेडिङ हुने र आवश्यक परे कटौती लम्ब्याउन सकिने प्राप्त विवरणमा जनाइएको छ।

विद्युत अभावमा जापानी अटोमेकर टोयोटासँगको संयुक्त उद्यमसहित सिचुआनका कारखाना काम रोक्न बाध्य भएका छन्।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : २८ बजे

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने