विश्व इतिहासमा आज : मंगलको उपग्रह फेलादेखि रुसी स्पेसक्राफ्ट चन्द्रमामा अवतरणसम्म  « Khabarhub

विश्व इतिहासमा आज : मंगलको उपग्रह फेलादेखि रुसी स्पेसक्राफ्ट चन्द्रमामा अवतरणसम्म 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ २ गते बिहीबार । सन् २०२२ को अगस्ट १८ तारिख । आजको दिन इतिहासमा भएका केही मुख्य घटनाक्रम यस्ता छन् ।

सन् २०११ अगस्ट १७ मा सुनको मूल्य प्रति औंस १ हजार ८२६ अमेरिकी डलर पुगेको थियो ।

सन् २०१० अगस्ट १८ मा न्यूभो लियोनस्थित स्यान्टियागोको मेयर एडेलमिरो काभाजोस अपहरण भएको ३ दिनपश्चात् कालो पट्टी र हतकड्डी लगाइएको अवस्थामा मृत फेला परेका थिए ।

सन् २००५ अगस्ट १८ इन्डोनेसियाको जाभा र बाली टापुको अधिकांश क्षेत्रमा आकस्मिक विद्युत् कटौती भएको थियो । सो कटौतीले करिब एक करोड मानिसलाई असर परेको थियो । ६ घण्टापश्चात् विद्युत् सेवा पुनः सुचारु भएको थियो ।

सन् १९९३ अगस्ट १७ मा स्वीट्जरल्याण्डको लुसर्नमा भएको ऐतिहासिक च्यापल ब्रिजमा आगलागी हुँदा १४७ सजावटी चित्रहरु नष्ट भएका थिए । सन् १३६५ मा च्यापल ब्रिजको निर्माण भएको थियो ।

सन् १९९२ अगस्ट १८ मा हत्यारा डेनिस राडरले लगातार १० जन्म कैदको सजाय पाएका थिए । कान्सासको विचिटामा मृत्यु दण्डको कानुन नभएका कारण न्यायाधीश ग्रेगरी वालरले राडरलाई सन् १९७४ र सन् १९९१ को बीचमा १० जना मानिसको हत्यारा ठहर गर्दै सजाय दिएका थिए ।

सन् १९८७ अगस्ट १८ मा ओहियोकी नर्स डोनाल्ड हार्भेलाई २५ बिरामीलाई बिख दिएको पुष्टी भएसँगै ८० वर्षको कैद सजाय सुनाइएको थियो ।

सन् १९७६ अगस्ट १८ मा रुसी स्पेसक्राफ्ट लुना-२४ चन्द्रमामा अवतरण भएको थियो ।

सन् १९५८ अगस्ट १८ मा रुसी–अमेरिकी उपन्यासकार भ्लादिमिर नाबाकोभको विवादास्पद उपन्यास लोलिता प्रकाशन भएको थियो । ‘बेस्टसेलर’ बनेको सो उपन्यासले नाबाकोभलाई क्याम्पस प्रोफेसरको जागिर छोड्न सहज बनायो ।

सन् १९२० अगस्ट १८ मा टेनेसी १९औँ संशोधन अनुमोदन गर्ने ३६औँ प्रान्त बन्यो । सो अनुमोदनले महिलाको मताधिकार सुनिश्चित गरेको थियो ।

सन् १८७७ अगस्ट १८ मा अमेरिकी खगोलविद् असाफ हलले मंगल ग्रहको उपग्रह ‘फोबोस’ पत्ता लगाएका थिए । फोबोस सौर्य मण्डलमा नै आफ्नो ग्रहलाई सबैभन्दा छिटो परिक्रमा गर्ने उपग्रहको रुपमा परिचित छ । फोबोसलाई एक परिक्रमा पुरा गर्न ७ घण्टा ३९ मिनेट लाग्छ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ७ : ४४ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड