‘नियन्त्रण नगरे डेंगुले प्रकोपको रूप लिन सक्छ’ « Khabarhub

‘नियन्त्रण नगरे डेंगुले प्रकोपको रूप लिन सक्छ’



काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशभर डेंगुको प्रकोप उकालो लाग्दै छ। अहिले सामान्य टाउको दुखाई तथा ज्वरोमा समेत डेंगुको जाँच गराउन अस्पताल पुग्ने गरेका छन्। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, टेकुमा दिनदिनै ठूलो संख्यामा मानिस डेंगीको जाँच गराउन जानेको लाइन पनि देख्न सकिन्छ ।

कसैलाई ब्लिडिङ सिस्टममा समस्या देखियो, प्लेटलेट्स कम भयो भने रातो डावर देखिने, फोका जस्तो देखिने, रगतको डावर देखिने हुन्छ। यस्ता लक्षण देखिनासाथ अस्पताल गएर जाँच गर्नुपर्छ। अनि मात्रै बिरामीको समयमा नै उपचार हुन्छ। ‘पछिल्लो एकसातमा डेंगु संक्रमितको केस धेरै बढेको हो’, सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने, ‘एक हप्ता अगाडि तराइमा केस  धेरै थियो  तर, अहिले काठमाडौँका मानिसमा संक्रमण बढ्दो क्रममा रहेको छ ।’

पुरै शरीर दुख्ने, उच्च ज्वरो आउने,  टाउको दुख्ने,  लक्षण लिएर बिरामी परीक्षणका लागि आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । यस्ता लक्षण लिएरआउने धेरैलाई डेंगु भएको पनि उनले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको (इडीसीडी) तथ्यांक अनुसार ६९ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् । गत माघदेखि साउनसम्म एक हजारभन्दा बढीमा डेंगुको संक्रमण फैलिएको छ । यो रोगबाट सबैभन्दा बढी प्रभावित जिल्ला ललितपुर भएको छ ।

गएको माघदेखि  साउनसम्म करिब १२ सयमा डेंगु संक्रमण भएको छ । डेंगुबाट सबैभन्दा प्रभावित जिल्ला ललितपुर भएको छ। ललितपुरमा २६४ जना संक्रमित भएका छन् ।

तारन्तार बान्ता हुनु, अत्यधिक पेट दुख्नु, नाक, गिजा वा शरीरका अरु ठाउँबाट रगत बग्नु, लश्य वा बेचैन हुनु र श्वास प्रश्वासमा कठिनाइ देखिनु यस रोगका लक्षणहरु हुन्।

यस्तै, काठमाडौँमा ९० जना संक्रमित भएका छन् । डेंगु हाल व्यापक रुपमा फैलँदो छ।

सबै डेंगु संक्रमितमा जटिलता देखिन्छ भन्ने हुँदैन। तर, जटिलता देखिए संक्रमितको ज्यान नै जोखिममा समेत पर्न सक्दछ। यी निम्न लिखित डेंगुका पाँच लक्षणहरु देखिए जटिलता तिर जान सक्ने चेतावनीको रुपमा लिन सकिनेछ ।

चिकित्सकका अनुसार वर्षातको समयमा यो रोग बढी देखापर्छ। सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ । डेंगीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ ।

यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ। धेरै मानिसमा डेंगीको संक्रमण देखिए लगत्तै यसले अहिले महामारीको रूप लिन सक्छ कि भन्ने आशंका पनि बढ्न थालेको छ ।

सरकारले नियन्त्रणको लागि के गर्दैछ ?
इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले बजेट बनाउँदा गत वर्षको डेंगी बिरामीको तथ्याङ्कको आधारमा सबै पालिकामा डेंगीको लार्भालाई खोज्ने र नष्ट गर्ने अभियानका रुपमा काम गर्न भनेर पैसा पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहाले बताए । उनी भन्छन्, ‘गत वर्ष केसको आधारमा त्यही पालिकामा थोरै रिर्सोस पठाएका छौं। तर, यो रिर्सोसले नपुग्ने भएर त्यहाँको स्थानीय सरकारले रिर्सोस मोबिलाइजेसन गर्नसक्छ । कुनै ठाउँमा बढी केस देखियो भने हामी टेक्नीकल सर्पोटको लागि तयार छौं। हामीले सक्ने सहयोग गर्छौँ ।’

समस्या हुन नदिन के गर्न सकिन्छ ?
अहिले किट जन्य रोगको प्रकोप बढ्दो अवस्थामा छ । यो प्रकोप मंसिरसम्म देखिन सक्छ। त्यसैले पनि सबै जना सचेत हुनु आवश्यक छ। त्यसको लागि आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्छ। स्कुल तथा समुदायमा जनचेतनाका कार्यक्रम चलाउनुपर्छ। यो सिजनमा धेरै पानी पर्ने भएकाले घर वरिपरि पानी जम्न दिनु हुँदैन। कपडा लगाउँदा फूल बाउला भएको कपडा लगाउनुपर्छ। लामखुट्टेले टोक्ने ठाउँमा फुल कपडा लगाएर वा सावधानी अपनाएर मात्र जानुपर्छ। डेगुंको जस्तो केही लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्दछ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : २० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको