माओवादी केन्द्रको बैठक दिउँसोसम्मलाई सारियो « Khabarhub

माओवादी केन्द्रको बैठक दिउँसोसम्मलाई सारियो


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सारिएको छ।

पार्टीको पदाधिकारीको टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजे बोलाइएको बैठक दिउँसो ४ बजेसम्मलाई सारिएको हो।

बिहान सत्तारुढ गठबन्धनको बैठक बस्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएकाले पार्टीको बैठक सरेको हो।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयअनुसार आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । साथै केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ०३ बजे

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने