कृषि तथा वन विज्ञान विश्वविद्यालयको लागि प्रयोगशाला शिलान्यास  | Khabarhub Khabarhub

कृषि तथा वन विज्ञान विश्वविद्यालयको लागि प्रयोगशाला शिलान्यास 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गरेका हुन् ।

सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्र नभई कोभिड–१९ जस्तै महामारीका लागि गरिएको पूर्वतयारी भएको बताए । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक रामपुरमा बन्न लागेको यो प्रयोगशालाले विश्वविद्यालयको हैसियत र क्षमता वृद्धि गर्ने उनको भनाइ थियो ।

बागमती प्रदेश सरकारले विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्ने तयारी गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘आजको युग सुहाउँदो अनुसन्धान गर्ने विज्ञान, प्रविधि विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग पनि सहकार्य गर्नेछ ।’ उनले विश्वविद्यालय पहिलेजस्तै शैक्षिक गन्तव्यको आकर्षण बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयको अनुसन्धान केन्द्र बलियो बनाउन आग्रह गरे।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बागमती प्रदेश सरकारको सहयोगले विश्वविद्यालयलाई प्रेरणा मिलेको बताए । विशिष्टिकृत देशकै एक मात्र प्राविधिक विश्वविद्यालय भएकाले तीनवटै तहका सरकारले विश्वविद्यालयको अनुसन्धान र प्रसारमा सहयोग आवश्यक रहेको सुनाए। कृषि, वन र पशु विज्ञान तथा पशु चिकित्सा अध्ययन गराउने एकमात्र भए पनि अरु सबै विश्वविद्यालयले समेत यी विषयमा अध्ययन, अध्यापन गराउनु चुनौती रहेको उनको भनाइ थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको सहयोगमा रु १६ करोड लागतमा विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय परिसरमा प्रयोगशाला निर्माण गर्न लागिएको रजिष्ट्रार प्रा डा शारदा थपलियाले जानकारी दिए । पशुपन्छीमा लाग्ने रोगको बारेमा अनुसन्धान र निदानका लागि मात्र नभई जन स्वास्थ्यका हिसाबमा पनि प्रयोगशालाको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रयोगशाला सञ्चालनमा आएपछि विश्वविद्यालयको स्नातकोत्तर तथा विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीका साथै अरु अनुसन्धानकर्ताले पनि अनुसन्धान गर्न सक्नेछन् । शिलान्यास कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईँ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री इन्द्रमाया गुरुङ सहभागी थिए। भवन एक वर्षभित्र निर्माण गरी सञ्चालन गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ०८ बजे

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको

शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

पाल्पा– गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन्

डाइलासिसले जीवन धानेकाको बिलौना- ‘सरकारी सुविधाले न गरी खानु, न मरी जानु बनायो’

भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं २ बस्ने ३२ वर्षीय

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी– चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १०