विपद् व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने « Khabarhub

विपद् व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘इ–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ ।

इ–लर्निङ प्लेटफर्म मार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताएका छन् ।

इलर्निङ्ग प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी दुई वटा पाठ्यक्रम समावेश गरिएको छ ।

विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमभित्र चार वटा सत्र राखिएका छन् । लैङ्गिक समानता सम्बन्धी पाठ्यक्रमभित्र तीन वटा सत्र राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा. भट्टराईले आगामी दिनमा यसलाई थप परिष्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताए ।

विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरूका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा. भट्टराईको भनाई छ ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रूपमा पहुँच पुर्‍याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको विश्वास छ ।

इलर्निङ्ग प्लेटफर्म प्राधिकरणले योङ्ग इनोभेसन र सम्बन्धित विषय विज्ञहरू वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ११ : ४७ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले