तत्कालै प्रदेश १ को नामकरण हुने सम्भावना टर्‍यो : मन्त्री राई « Khabarhub

तत्कालै प्रदेश १ को नामकरण हुने सम्भावना टर्‍यो : मन्त्री राई


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् ।

एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा दलबीचमा मतभेद हुँदा पाँच वर्षसम्म प्रदेशको नामकरणले किनारा पाउन नसकेको मन्त्री राईको भनाइ थियो । मन्त्री राईले प्रदेशको पहिचान सहितको नामकरणमा एमालेको साथ नहुने भएकाले वर्तमान गठबन्धन सरकारले मात्र नामकरण गर्न सक्ने अवस्था नभएको बताए ।

‘प्रदेशको नाम ल्याउनुपर्छ भन्ने छ तर गठबन्धनलाई ५० सांसदको समर्थन चाहिन्छ । त्यसका लागि एमालेको साथ चाहिन्छ । एमाले कोसीभन्दा दायाँबायाँ गर्नुहुन्न भन्ने पक्षमा छ,’ मन्त्री राईले भने, ‘यही कारण सम्भवतः यो कार्यकालमा प्रदेशको नाम आउने देखिन्न ।’

मन्त्री राईले निवर्तमान मुख्यमन्त्री शेरधन राईले चाहेको भए यसअघि नै प्रदेशले नाम पाइसकेको अवस्था हुने उल्लेख गरे । तर, ओलीको निर्देशनमा शेरधनले पहिचान सहितको नामकरण गर्न नसकेको टिप्पणी गरे । मन्त्री राईले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान विरोधीलाई चिनेर मत दिनुपर्ने बताएका छन् ।

प्रदेश १ मा एमालेको ३९, कांग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादीका १०, जसपाको ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद छन् । नामाकरणकालागि दुई तिहाइ बहुमत अर्थात् ६२ सांसदको समर्थन चाहिन्छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ८ : २५ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको