मलाई निवासबाटै निस्किन रोक लगाइयो : जबरा « Khabarhub

मलाई निवासबाटै निस्किन रोक लगाइयो : जबरा


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाटै निस्किन रोक लगाइएको छ। आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर सरकारले जबरालाई निवासबाट निस्कन रोक लगाएको हो।

खबरहबसँग संक्षिप्त कुरा गर्दै जबराले माथिको आदेश भन्दै निवासबाटै निस्कन रोक लगाइएको बताए। ‘म अदालत जान निस्कँदै थिए। निवासको गेटमै तालाबन्दी गरी निस्कन अवरोध गरियो।’ उनले भनेका छन् ।

सरकारले जबरालाई सर्वोच्च जान नदिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

उनले महाअभियोग शनिबार रातिबाटै निष्क्रिय भइसकेकाले आफू नियमित काममा हाजिर हुन पाउनुपर्ने बताएका छन्। ‘मलाई अदालत जान नदिनु भनेको नजरबन्द नै हो।’ उनले भनेका छन्। जबराले आफ्नो कार्यकाल मंसिर २७ गतेसम्म रहने जिकिर गरेका छन्।

बिहानैदेखि प्रधानन्यायाधीश निवासको गेटमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने भित्रिने र बाहिरिने गाडीको कडा सुरक्षा चेकजाँच भइरहेको छ। त्यसै गरी नाम लेखाएर मात्र प्रवेश दिने गरिएको छ।

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन बार एसोसिएसनलगायतका वकिलहरू अदालत परिसरमा धर्ना दिइरहेका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएको भन्दै जबरा आइतबार सर्वोच्च पुग्ने बताएका थिए। समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : १२ बजे

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा ख्याल गर्न प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु