मुगुको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन « Khabarhub

मुगुको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारण प्रयोगविहीन भएको हो ।

प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमूल्य सामग्री छन् । जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला सञ्चालन हुने जनाएको छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयोगमा आउँछ भन्ने बारे जानकारी नभएको बताए ।

माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएको हो ।

माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटो परीक्षणपछि सोहीअनुसार किसानहरूले खेती लगाउने अपेक्षा प्रयोगशाला नचल्दा अपुरै रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : २० बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न