पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध मुद्दा दायर « Khabarhub

पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध मुद्दा दायर


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु छ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगले आरोपी नेपालविरुद्ध रु छ लाख बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीबापत लिएको भनिएको रु १६ लाख ५० हजार जफत गर्न माग गरेको छ । आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो ।

बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : ५८ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न