उदयपुरमा उत्कृष्ट काम गर्ने ६ प्रहरी सम्मानित « Khabarhub

उदयपुरमा उत्कृष्ट काम गर्ने ६ प्रहरी सम्मानित


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले ६७ औँ प्रहरी दिवसका अवसरमा उत्कृष्ट काम गर्ने संगठनका ६ जना प्रहरीलाई सम्मान गरेको छ। प्रहरी नायव निरिक्षक गंगाराम राईसहित ६ जनालाई सम्मान गरिएको हो।

पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक गंगाराम राईदेखि जवान विनिता हेल्मुसम्म ६ जना छन्। सई राई र अर्का पुरस्कृत प्रहरी सहायक निरीक्षक घनश्याम पोखरेल जिल्ला प्रहरी कार्यालयमै कार्यरत हुन्।

इलाका प्रहरी कार्यालय बेलटारमा कार्यरत प्रहरी हवल्दार शौरभकाजी थापा र इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलामा कार्यरत अर्का हवल्दार नवराज भुर्तेल पनि पुरस्कृत भए। इलाका प्रहरी कार्यालय कटारीका सहायक प्रहरी हवल्दार निरन्ज्ञन दनुवार र जिल्ला प्रहरी कार्यालयकै जवान बिनिता हेल्मु पनि पुरस्कृत भएका छन्।

उदयपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : १४ बजे

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन