विद्युत् विस्तारमा गति लिँदै भोजपुर | Khabarhub Khabarhub

विद्युत् विस्तारमा गति लिँदै भोजपुर


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३ प्रतिशत जनता लाभान्वित छन् । १९ कात्तिक २०६७ देखि हिले–भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो ।

यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगेको छ । विसं २०३८ मा सिक्तेलखोला जलविद्यद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए । दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत्गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो ।

 स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत्गृह तत्कालीन द्वन्द्वमा बिग्रिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरूपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो ।

हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पु¥याउने कोसिस भइरहेको छ । पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन ।  सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो  प्रदेश नं १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ ।

जिल्लामा पनि जलविद्युतको क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुलाखोला हाइड्रोपावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  इष्टर्नबाट पाँच र टक्सार पिखुवाखोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । यी  विद्युत्गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

संरक्षणको अभावमा जीर्ण बनेको सिक्तेलखोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान गएको देखिँदैन । बिग्रिएको करिब १४ वर्ष  बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का साम्रागी कवाडीमा परिणत भएका छन् ।

जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँहरूमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो  । बन्द भएको लामो समय हुँदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन । सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर  विद्यु्त्गृहमा क्षति पुगेको छ भने सामग्री क्षतविक्षत बनेका छन् । 

तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राधिकरणबीच आपसी किचलोका कारण यो विद्युत्गृह अलपत्र बनेको हो ।

जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युत्गृहले भोजपुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा दुई सय ५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युत्गृह बन्द हुनुमा स्थानीयले पनि दुःखेसो गरेका छन् । विद्युत्गृह विसं २०३८ बाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युत्गृह संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कवाडीमा परिणत भएका छन् ।

यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्ने सके आर्थिकरूपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युत्गृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउनका लागि प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । आयोजना अलपत्र बन्दा यहाँ काम गर्दै आएकाले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।


प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ०१ बजे

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा– नेपाल आयल निगमले रूपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह

गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ ? : विश्वप्रकाश

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ बन्ने सत्ता गठबनधनले

अवरुद्ध बेँसीसहर-चामे सडक खुल्यो

लमजुङ– अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मंगलबार साँझदेखि अवरुद्ध

सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, पर्यटक अलपत्र

ढोरपाटन– सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि

कांग्रेसले गर्‍याे एमालेसँगको सहमति अनुमोदन, प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष