आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमतीमा | Khabarhub Khabarhub

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमतीमा


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् ।  निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष १७ लाख ३८ हजार ८७, महिला १७ लाख ३३ हजार ३७८ र अन्य २७ जना रहेका छन् । 

आगामी निर्वाचनमा देशभर कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ रहेका छन् । सात प्रदेशमध्ये सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन् । ५ लाख १० हजार ४२० जना पुरुष, ४ लाख ९७ हजार ९८० महिला र ३ जना अन्य गरी कर्णाली प्रदेशमा कुल १० लाख ८ हजार ४०३ जना मतदाता रहेको आयोगले जनाएको छ । 

सात प्रदेशमध्ये ठूलो मतदाता प्रदेश १ मा रहेका छन् । प्रदेश १ मा कुल मतदाता संख्या ३३ लाख ९६ हजार ८६५ रहेको छ । यस प्रदेशमा रहेका मतदातामध्ये पुरुष १७ लाख २९ हजार ७७२, महिला १६ लाख ६७ हजार ७१ र अन्य २२ जना रहेका छन् । 

तेस्रो ठूलो मतदाता संख्या मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशमा रहेका कुल ३३ लाख ८६ हजार ६२८ मतदातामध्ये पुरुषको संख्या १८ लाख २७ हजार ८५४, महिलाको संख्या १५ लाख ५८ हजार ७०४ र अन्य ७० जना रहेका छन् । आयोगका अनुसार लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६३७ रहेको छ । जसमा पुरुष १६ लाख ३७ हजार १३२, महिला १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना छन् । 

गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । मतदातामध्ये ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ रहेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिममा रहेका मतदातामध्ये पुरुष ८ लाख १५ हजार २१२, महिला ८ लाख ८२ हजार ७७४ र अन्य १८ जना रहेका छन् । 

देशका सात प्रदेशमध्ये गण्डकी र सुदूरपश्चिम दुई प्रदेशमा मात्र पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : २४ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी