नाइजेरियाको चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु « Khabarhub

नाइजेरियाको चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । आक्रमणमा केही घाइते भएका नाइजेरियाली प्रहरीले जनाएको छ ।

घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको समूहले कोगी राज्यको फेले क्षेत्रस्थित सेलेस्टियल चर्च अफ क्राइस्टमा आयोजित एक कार्यक्रमका क्रममा आक्रमण गरेको जनाइएको छ ।

धार्मिक कार्यक्रममा भाग लिइरहेका श्रद्धालुहरूलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए–आयाले बताएका छन् ।

मारिने दुबै श्रद्धालुहरु महिला रहेको जनाइएको छ । आक्रमणमा घाइते भएकाहरुको उपचार भइरहेको समेत प्रहरीले जनाएको छ । आक्रमणपछि घटनास्थलमा प्रहरी पुगेपछि बन्दुकधारी फरार भएका थिए ।

आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शवगृहमा राखिएको प्रहरीको भनाइ छ । अहिलेसम्म आक्रमणकारीहरु पक्राउ परेको घोषणा गरिएको छैन ।

नाइजेरियामा पछिल्लो समय धार्मिक एवम् जातीय हिंसा बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : १८ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान