इबोलाको जोखिम बढेसँगै युगान्डाको राजधानीमा उच्च सतर्कता « Khabarhub

इबोलाको जोखिम बढेसँगै युगान्डाको राजधानीमा उच्च सतर्कता


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इबोला भाइरसको संक्रमण फैलिनसक्ने त्रासबीच अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् ।

उनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डे सहरमा थप दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले संक्रमण कम्पालासम्म नआओस भनेर सतर्कता अपनाइएको उनले बताएका छन् ।

मुबेन्डेमा यसअघि पनि इबोलाका संक्रमितहरु देखा परेका थिए । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि त्यस क्षेत्रमा इबोला भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

त्यहाँ भाइरसको संक्रमण फैलिन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले ट्वीटमार्फत् जानकारी दिएका छन् ।

अक्टोबर १५ सम्मको युगान्डाको तथ्याङ्क अनुसार ५८ जनामा इबोलाको संक्रमण देखिएको छ । तीमध्ये १९ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै २० जना संक्रमित निको भएर घर फर्केका छन् ।

गत सेप्टेम्बर २० मा मुबेन्डेमा पहिलो पटक इबोलाको संक्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो संक्रमण निकै घातक मानिन्छ । यस संक्रममणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ५९ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान