एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला  « Khabarhub

एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला 


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले लङ रेन्जको विद्युतीय गाडी एमजि जेडएस् इभिको लागि बुकिङ खुल्ला  गरिएको  छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६पध्जको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजि जेडएस इभिको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरू गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ। साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन्।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजि जेडएस इभिमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको दरमा गुड्न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरू रहेका छन् ।

एमजि जेडएस् इभिमा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन्। यसको चार्जिङ पोर्ट:ःन् ब्याजको छेउमा राखिएको छ। साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : १४ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल