निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता  « Khabarhub

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता 


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका हुन् ।

 

सम्झौताअनुसार प्रभु बैंकले कृषि कर्जाबापत कृषि व्यवसायको लागी प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षा गर्ने छ । तीन करोडसम्मको यस्तो कर्जामध्ये  १ करोडभन्दामाथिको कर्जा प्रवाहको हकमा  भने बैंकले कोषको पूर्व स्वीकृति लिनुपर्ने छ । कोषमार्फत  सुरक्षण हुने कर्जामध्ये कृषि कर्जा सुरक्षण  शुल्कमध्ये  ५० प्रतिशत  नेपाल सरकारले अनुदानवापत व्यहोर्ने र बाकी ५० प्रतिशत मात्र दुई किस्ताको रुपमा आषाढ मसान्त र पौष मसान्तमा बैंकले कोषमा बुझाउने छ । 

कोषमा सुरक्षित गरिएको कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना क्षति भएमा वा अन्य विभिन्न कारणबाट असुली हुन नसकेको अवस्थामा बैंकले कोषमा दाबी गर्न सक्ने र उक्त दाबीबापत कोषले ५० लाखसम्मको कर्जामा ८० प्रतिशतसम्म र ५० लाखभन्दामाथि ३ करोडसम्मको हकमा ५० प्रतिशतसम्म दाबी भुक्तानी गर्ने छ । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ३८ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष