निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता  « Khabarhub

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता 


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत उषा पौडेल तथा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले हस्ताक्षर गरेका हुन् ।

 

सम्झौताअनुसार प्रभु बैंकले कृषि कर्जाबापत कृषि व्यवसायको लागी प्रवाह गरेको तीन करोडसम्मको कर्जा कोषले सुरक्षा गर्ने छ । तीन करोडसम्मको यस्तो कर्जामध्ये  १ करोडभन्दामाथिको कर्जा प्रवाहको हकमा  भने बैंकले कोषको पूर्व स्वीकृति लिनुपर्ने छ । कोषमार्फत  सुरक्षण हुने कर्जामध्ये कृषि कर्जा सुरक्षण  शुल्कमध्ये  ५० प्रतिशत  नेपाल सरकारले अनुदानवापत व्यहोर्ने र बाकी ५० प्रतिशत मात्र दुई किस्ताको रुपमा आषाढ मसान्त र पौष मसान्तमा बैंकले कोषमा बुझाउने छ । 

कोषमा सुरक्षित गरिएको कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना क्षति भएमा वा अन्य विभिन्न कारणबाट असुली हुन नसकेको अवस्थामा बैंकले कोषमा दाबी गर्न सक्ने र उक्त दाबीबापत कोषले ५० लाखसम्मको कर्जामा ८० प्रतिशतसम्म र ५० लाखभन्दामाथि ३ करोडसम्मको हकमा ५० प्रतिशतसम्म दाबी भुक्तानी गर्ने छ । 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ३८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन