प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन : प्रचण्ड | Khabarhub Khabarhub

प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन : प्रचण्ड


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरूपमा लिन नहुने बताए ।

निर्वाचनमा प्रष्टरूपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे । उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए ।

उनले भने, ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।’

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाए । उनले विपक्षी गठबन्धनले तालमेल भने पनि खासमा त्यो गठबन्धन नै रहेको भन्दै त्यहाँ रहेका अनुहार र प्रवृत्ति कस्ता छन् भन्ने कुरा पनि स्पष्ट रहेको बताए । उनले भने  ‘अर्को गठबन्धन र हाम्रो गठबन्धन कस्तो छ भन्ने कुरा प्रष्ट छ । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशी समानुपातिक मान्यतासहित संघीयताको रक्षा गर्ने प्रष्ट उद्देश्य छ । हामीले गठबन्धन बनाउँदै गर्दा प्रष्ट नै गरेका थियौ । त्यसमा हामी प्रतिवद्ध छौ ।’

संविधान, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियताको रक्षा गर्ने पुनीत उद्देश्यका साथ गठबन्धन बनाइएको उनको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समावेशी र समानुपातिक मान्यतासहित स्थापना भएको लोकतन्त्रको संवर्द्धनका लागि पनि आफूहरूको गठबन्धनले जित हासिल गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

उनले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुबिधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गरे । ‘नेपाली कांग्रेस र कम्युनिस्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन । हामीले देखे भोगेको र सहभागी भएकै हो’, उनले भने ‘कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक प्रक्रिया शुरु भएको हो । यो सामूहिक निर्णयका रुपमा आएको हो । जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरियो त्यही दिन, रुखहसिया हथौडामा एक अर्काले छाप लगाएको हो ।’

तत्कालीन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा जान्थ्यो र रु भन्ने प्रश्न उनले गरे ।उनले निरङ्कुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराए । उनले कुनै पनि हीन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरे ।

आफू राष्ट्रको पक्षमा दह्रोरुपमा उभिएर संविधान जारी गर्न सफल भएको तथ्य पेश गर्दै उनले यसपटकको निर्वाचनलाई पनि पूर्णरुपमा सफल बनाउन र एकढिक्का भएर जनतालाई विजयी गराउनुपर्ने बताए । निर्वाचन सफल भएपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने उनले विश्वास व्यक्त गरे। 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : २७ बजे

मेलम्चीको ‘पाइप लाइन’ काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी

मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं– चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी

म्याग्दीको किवीले बजार पाएन

म्याग्दी– धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक