'आर्थिक आधार सबल गर्नु सबैको दायित्व' | Khabarhub Khabarhub

‘आर्थिक आधार सबल गर्नु सबैको दायित्व’


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्त्वपूर्ण आधार तयार भएको बताएकी छिन्।

वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरता तर्फ अगाडि बढेको बताइन् । ‘स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ’, उनले भनिन्, ‘यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो।’

 समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी रहेको जनाउँदै उनले प्राप्त उपलब्धिको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी तथा समुन्नत आर्थिक-सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

‘सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ, नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ’, उनले भनिन्, ‘प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनुपर्नेछ’ ।

ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्धन समृद्धिको महत्त्वपूर्ण आधार रहेको बताइन् । उनले कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँका हरेक घरपरिवारको आर्थिक उपार्जनसँग जोड्नुपर्ने बताइन् ।

‘व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवर्द्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ’, उनले भनिन्, ‘त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।’

ललितपुर क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले वाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता एकताबद्ध भएर गएमात्र ललितपुरका तीन वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुने बताए। उनले गठबन्धनमा सहभागी दलका उम्मेदवारको पक्षमा कुनै कञ्जुस्याइँ नगरी मत माग्न कार्यकर्तालाई आग्रह गरे।

ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले संविधानको रक्षा र मुलुकलाई स्थिरता दिन गठबन्धन बनेको उल्लेख गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ३५ बजे

हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतको ११ लाख डलर योगदान

काठमाडौँ– संयुक्त राष्ट्रसंघमा हिन्दी भाषाको प्रवर्द्धन गर्न भारतले ११ लाख

थाइल्याण्ड र भारतका सेनाको ‘मैत्री’ सैन्य अभ्यास सुरु

 काठमाडौँ– थाई सेनासँग भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको

विभिन्न पाँच सडकखण्ड अवरुद्ध, वीरगञ्ज डुबानमा

 काठमाडौँ– अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडकखण्ड

भोटेकोशी आयोजनामा हराएका दुई मजदुरको शव फेला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी पहिलो

 युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको क्वार्टरफाइनलमा आज