नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने « Khabarhub

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदूरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ ।

गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदूरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो ।

एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदूरपश्चिमबीच पहिलो खेल हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : १० बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ