बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो « Khabarhub

बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ । आज काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो ।

स्वास्थ्य विभागको नेतृत्वमा गएको टोलीले महानगरको वडा नं १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालीले सञ्चालन गरेको थकाली भान्छा, वडा नं ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्राली, द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफूल पसलको अनुगमन गरेको थियो ।

स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार अनुगमन गरिएका सबैका भान्छामा सरसफाई र स्वच्छताका दृष्टिमा कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरु चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरुले खास चासो नदेखिएको पाइएको छ ।

अनुगमनका क्रममा भान्छामा काम गर्नेहरुको व्यक्तिगत सफाई पनि कमजोर रहेको पाइएको छ । उनीहरुले एप्रोनको पनि सही प्रयोग नगरेको पाइएको छ । फ्रिजमा राखिने वस्तुको व्यवस्थापन कमजोर रहेको उनको भनाइ छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुहरुको प्रयोग भइरहेको देखिएको त्रिपाठीले बताए ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ ।

निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा अवधेश झा भन्छन्, ‘‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो । व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित हुन आदेश जारी गरिएको फारम दिइएको छ । थकाली भान्छा घरको किचनमा खाना पकाउने ठाउँमै बसेर खाना खाइरहेको भेटियो । यसरी हेर्दा सामान व्यवस्थापन, पकाउने तथा भण्डारण गर्ने पद्धति र खाना तयारीसँग सम्बन्धित व्यक्तिहरुको आचरणमा सुधार गर्नुपर्ने देखिन्छ ।’’

पर्वलक्षित अनुगमनका क्रममा महानगरले आजदेखि बजार अनुगमन थालेको हो । उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त सकुन् भन्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ०३ बजे

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष

उम्मेदवार चयनका लागि कांग्रेसको तीन समूह एकै ठाउँमा, रातभर धुम्बाराहीमा छलफल

काठमाडौं– नेपाली कांग्रेसका तीन समूहबीच आगामी फागुन २१ गते हुने

प्राप्त उपलब्धिको संरक्षण र विकासमा लाग्नुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन

पर्वले मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौ‌– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र,